गोरखा १ बैशाख । गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री लेख बहादुर थापा मगरले नोबेल कोरोना भाइरस (कोविड १९) को विरुद्ध लड्ने मुख्य सेना भनेकै स्वास्थ्यकर्मीहरु भएको बताएका छन् । आज गोरखा जिल्ला अस्पतालमा भइरहेका गतिविधिहरुको जानकारी लिएपछि मन्त्री थापाले सो कुरा बताएका हुन । मन्त्री थापाले भने, ‘जसरी देशको सिमा रक्षा गर्न सेना अग्रमोर्चामा रहन्छ त्यसैगरी रोगसँग लड्न स्वास्थ्यकर्मीहरु नै अग्रमोर्चामा रहन्छन् । तपाइँहरुको सुरक्षाका लागि आवश्यक सुरक्षाको व्यवस्थापनका लागि सरकारले पूर्ण रुपमा सहयोग गर्छ । निर्धक्कसँग विरामीको उपचार गर्नुहोस् । ’
अस्पताल अनुगमनका क्रममा मन्त्री थापाले स्वास्थ्यकर्मीहरुको समस्या समाधान गर्न आफूले पहल गर्ने बताउँदै अस्पतालमा आएका विरामीहरुको भएका स्रोतसाधन र जनशक्ति परिचालन गरी उपचार गर्न सुझाव दिएका थिए ।
मन्त्री थापाले प्रमुख जिल्ला अधिकारीसँग जिल्लाको तत्कालिन वस्तुस्थितिको बारेमा जानकारी लिएका थिए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जिल्लामा कुनै पनि नागरिक भोकै बस्नु नपरेको बताए । जिल्लाको उत्तरी क्षेत्रमा खच्चडबाट हुने ढुवानी बन्द गरिएको र अत्यावश्यक बाहेकका सबै सवारीसाधनहरु चल्ल निषेध गरेको मन्त्रीलाई जानकारी गराएका छन्।
गोरखा गृह जिल्ला घर भएका मन्त्री थापाले द वल्ड क्यापिटल विद्यालयमा निर्माण भएको आइसोलेशन कक्षको समेत अनुगमन गरेका थिए । अनुगमनको क्रममा हात धुने पानीको धारा, पकाउने ठाउँ, डाक्टर बस्ने ठाउँ, डाक्टर र विरामी हिड्ने अलग अलग बाटो निर्माण, रङरोगन, प्रयाप्त ग्याँस सिलिण्डरको व्यवस्थापन तत्काल गर्न सुझाव दिए।
अस्पतालमा आवश्यक पर्दा तत्काल प्रयोगका लागि १० थान पिपिइ सेट मन्त्री थापाले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट नवीन थापालाई हस्तान्तरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
सहमतिबाटै सरकारः प्रचण्ड
बुधबारदेखि टिकट काउण्टर बन्द
लेउवा संघ गण्डकीकै उत्कृष्ट
प्राविधिक शिक्षामा जोड दिन आवश्यकः प्रदेश प्रमुख शेरचन
तनहुँ समाज र मातृभूमि सहकारीको शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
चैत्र ३०, २०७७आहा ! फुटबलमा दर्शक
चैत्र ३०, २०७७कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७