मिडिया हाउसहरुलाई स्वास्थ्य समाग्रीहरु प्रदान

विजय राई
वैशाख १, २०७७
pressp5

धनकुटा । फ्रन्ट लाईनमा काम गर्ने धनकुटाका मिडिया हाउसहरुलाई आज धनकुटा उद्योग बाणिज्य संघले कोराना भाईरसबाट बच्नका लागी स्वास्थ्य र सुरक्षित समाग्रीहरु प्रदान गरेको छ ।

महामारीको रुपमा विश्वमानै फैलिदै गैरहेको कोरोना भाइरसलाई नियन्त्रण गर्नका लागी नेपाल सरकारले लक डाउन लगाएको समयमा पनि उच्च जोखिमका साथ फ्रन्ट लाईनमा रहेर नागरीकहरुलाई सूचना दिईरहेकोले धनकुटाका मिडिया हाउसहरुलाई स्वास्थ्य तथा सुरक्षित सामाग्रीहरु धनकुटा उद्योग बाणिज्य संगले सम्मान गर्दै प्रदान गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताउनु भयो ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग ,उपाध्यक्ष खगेन्द्र विष्ट,सचिव श्रीराम रायमाझी,कोषाध्यक्ष रुपेश श्रेष्ठ,कार्यकारी सदस्यहरु अम्विकादेवी धमला,नगेन्द्र काफ्ले,राम घिसिङ्ग लगायतले पन्जा,मास्क, हण्ड वास, सेनिटाईजर, सावुनहरु लगायत स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु धनकुटाका मडिया हाउसलाई प्रदान गर्नु भएको छ ।

रेडियो नेपाल प्रदेश प्रशारण केन्द्र धनकुटाका निमित्त प्रमुख तिलकराम चौधरी,जन विश्वास प्रकाशन प्राली धनकुटाका प्रमुख तथा जन विश्वास साप्ताहिका सम्पादक सञ्जय सन्तोषी राई, रेडियो मकालु धनकुटाका स्टेशन म्यानेजर सन्तोष रुचाल, रेडियो लालिगुरास एफ एमका स्टेशन म्यानेजर विदुर खवास, रेडियो भेडेटार धनकुटाका स्टेशन म्यानेजर पूर्ण कुमार चौधरी लगायत धनकुटाका मडिया हाउसहरुलाई धनकुटा उद्योग बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुले उक्त स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु प्रदान गर्नु भएको हो ।

पहिले पनि धनकुटाका फ्रन्ट लाईनमा काम गर्ने विभिन्न राष्ट्रिय दैनिक तथा विभिन्न पत्रपत्रिकाका र संचार माध्यममा कार्यरत पत्रकारहरुलाई धनकुटा उद्योग बाणिज्य संघले स्वास्थ्य तथा सुरक्षित समाग्रीहरु प्रदान गरिसकेको महासचिव राम वहादुर गोङ्वा तामाङ्गले वताउनु भयो ।

Related News

सम्बन्धित समाचार

hero news full width