भएन गणेश यात्रा

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७७
gadash than

पोखरा । नयाँ वर्षको पहिलो दिन हरेक वर्ष पोखरा गणेशटोल स्थित गणेश मन्दिरबाट निकालिने गणेश यात्रा यस वर्ष स्थगित भएको छ ।

कोरोना भाइरसको वढ्दो प्रकोपका कारण देशमा भएको लकडाउनले गणेश यात्रा सोमवार सामान्य पूजागरी स्थगित भएको हो । अघिल्ला वर्षहरुमा गणेशको मूर्तिलाई रथमा राखी पोखराका विभिन्न टोलमा चार दिनसम्म घुमाएर पूजा गर्ने गरिएको थियो ।

भक्तपुरबाट वसाईसराई गरी पोखरा आएका नेवार जातिले दुई सय ५० वर्ष अघिदेखि पोखरामा गणेश यात्रा गर्दै आएको मानिन्छ । नबवर्षको आरम्भमा गरिने गणेश पूजाबाट वर्षभरि शुभलाभ हुने जनविश्वास रहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width