गर्भवतीको हेलिकप्टरबाट उद्धार

रासस
वैशाख १, २०७७
20180614-063038-largejpg

Representative image

बलेवा, १ वैशाख । सुत्केरी हुन नसकेपछि बागलुङको ढोरपाटन नगरपालिका–१ की ३३ वर्षीया भीमा भुसाल पाण्डेको हेलिकप्टरबाट उद्धार गरिएको छ । उनको बडिगाड गाउँपालिकाको केन्द्र ग्वालिचौरबाट उद्धार गरिएको हो ।

आज नै प्रसूति ब्यथाले थलिएकी पाण्डेको उद्धारका लागि बडिगाड गाउँपालिकाका अध्यक्ष प्रमुख सिंह पाइजाको पहलमा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले हेलिकप्टर पठाएको हो । ब्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पुगेकी उनलाई स्वास्थ्य केन्द्रले पोखरा पठाएको थियो । बाटोमा जिल्ला सदरमुकामतर्फ एम्बुलेन्समा आउँदै गर्दा ब्यथाले झन् च्याप्दै गएपछि बडिगाड गाउँपालिकाको कार्यालय परिसरमा पु¥याएको थियो । परिसरमै रहेकी उनलाई उद्धारका लागि हेलिकप्टर मगाइएको गाउँपालिकाका अध्यक्ष पाईजाले बताए ।

उनले गण्डकी अस्पताल पोखरा लगिएको पाईजाले जानकारी दिए । पाण्डेका यसअघि पनि दुई सन्तान छन् । “उनको अवस्था देखेर माननीय मन्त्री नरदेवी पुनलाई सम्पर्क गरेँ”, अध्यक्ष पाइजाले भने, “उनले तत्काल प्रभुको हेलिकप्टर पठाएको र उनी तत्कालअस्पताल लगिएको हो छ ।” स्वास्थ्य केन्द्रका अनुसार पेटमा बच्चा असामान्य अवस्थामा रहेकाले उहाँलाई पोखरा पठाइएको थियो ।

Related News

सम्बन्धित समाचार

  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • प्रदेश सरकार उलटपुलट

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पछिल्लो राजनीतिक घटनाक्रमले प्रदेश सरकारहरु अस्थिर बनेका छन् । केन्द्रमा सत्तागठबन्धनको समीकरण फेरिँदा त्यसको असरले विगतमा राम्ररी सञ्चालन…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…

hero news full width