नयाँ वर्ष २०७७ को अवसरमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको शुभकामना सन्देश

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७७
Prithvi-Subba-Gurung

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ वर्ष २०७७ को अवसरमा स्वदेश तथा विदेशमा बस्ने नेपालीहरुमा शुभकामना सन्देश दिएका छन् ।

उनले शुभकामना सन्देशमा प्रदेश सरकार तेस्रो वर्ष प्रवेश गरेको सम्पूर्ण नेपालीमा सु–स्वास्थ्य, सुख, शान्ति एवं समृद्धिकोे हार्दिक शुभकामना व्यक्त गरेका छन् । प्रदेश सरकार स्थापनाको तेस्रो वर्षमा प्रवेश गरेको र समृद्ध प्रदेश सुखी प्रदेशवासीेको उद्देश्यका साथ विकासका कार्यहरु तीव्र गतिमा कार्यान्वयन गरिरहेको अवस्थामा अचानक विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस रोग (कोभिड–१९) का कारण विकास निर्माणका काम अवरुद्ध हुन पुगेको छ ।

हाम्रा सबै साधन, स्रोत र जनशक्ति यसैको रोकथाम, नियन्त्रण र उपचारमा खर्चिनुपर्ने परिस्थिति सिर्जना भएको सन्देशमा उल्लेख छ । नेपालमा अहिले सम्म १३ जनामा मात्र कोरोना भाइरस रोग संक्रमण देखिएको छ । ती मध्ये एक जना उपचार पछि स्वास्थ्यलाभ गरी सकेका छन । बाँकीको स्वास्थ्य अवस्था सुधारउन्मुख छ । विदेशमा रहेका केही नेपालीको यस संक्रमणका कारण दुःखद निधन भएको छ ।

गण्डकी प्रदेश, धौलागिरि अस्पताल, वागलुङमा उपचाररत दुइ जना सहित सम्पूर्ण संक्रमितहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । हाल क्वारेन्टाइनमा रहनु भएकाहरुलाई धैर्यताका साथ रहन आग्रह गर्र्दै कसैमा पनि संक्रमण नदेखियोस भन्ने कामना गर्दछु । कोरोना भाइरस विरुद्धको यस युद्धमा अहोरात्र खटेर थकानमा पनि अग्रमोर्चामा सक्रिय स्थास्थ्यकर्मी, सुरक्षाकर्मी र राष्ट्र सेवकहरुको मनोवल उच्च बनाउन जरुरी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width