महामारीबाट उम्काइने छ, रोजीरोटीको जोहो गरिने छ- प्रधानमन्त्री केपी शर्मा 

एजेन्सी
वैशाख १, २०७७
3b84fb866eb2a6b9fd8c3a7fde495a6e_w1000_h500_cp

काठमाण्डौ, १ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारीबाट देशलाई उम्काउने बताएका छन् । नयाँ वर्ष २०७७ को अवसरमा देशवासीका नाउँमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, कोरोना विरुद्धको लडाइँ जित्न सबैको एकताबद्ध प्रयास, आत्मविश्वास र मनोबल आवश्यक छ ।

कोरोना भाइरसको संक्रमणको चपेटामा परेका सबैको अभिभावकत्व सरकारले लिने पनि उनले आश्वासन दिएका छन् । ‘कोरोना भाइरसबाट प्रभावित हुने सबै वर्ग र क्षेत्रका नागरिकहरुको अभिभावकत्व सरकारले लिन्छ । प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा उल्लास मनाउने बेलामा साह्रै अप्ठेरो परिस्थितिबाट गुज्रिनु परेको पनि बताएका छन् । ‘पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमंगको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ संकल्पको अवसर हुनुपर्ने थियो । तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं,’ प्रधानमन्त्रीले भनेका छन् ।

ओलीले कोरोना भाइरसको महामारी अन्त्य नभएसम्म आफ्नो पारिश्रमिक नलिने घोषणासमेत गरेका छन् । प्रधानमन्त्रीको हैसियतमा आफूले पाउने पारिश्रमिक कोरोना भाइरसको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको उनले जानकारी दिए । आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा पनि हो,’ प्रधानमन्त्री ओलीले भनेका छन् ‘मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु ।’

उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र नागरिक सुरक्षामा अहोरात्र खट्ने सुरक्षाकर्मीहरुको व्यक्तिगत र व्यवसायिक सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले भनेका छन् । कोरोना भाइरसको महामारीसँग जुध्न समग्र विश्वको तयारी पर्याप्त रहेनछ भन्ने कुरा आज प्रत्यक्ष देखिएको बताउँदै प्रधानमन्त्री ओलीले कोरोनाको महामारी सकिएलगत्तै मानव केन्द्रित नयाँ विश्वप्रणालीको बारेमा विमर्शको थालनी आवश्यक रहेको उनले बताएका छन् । त्यसको अग्रसरता नेपालले लिने पनि उनले बताएका छन् ।

पुरानो वर्षलाई विदा गर्ने र नयाँ वर्षलाई स्वागत गर्ने यो घडी वास्तवमा उल्लास र उमंगको पर्व हुनुपर्ने थियो, समीक्षा र नयाँ संकल्पको अवसर हुनुपर्ने थियो । तर यस नयाँ वर्षलाई हामी साह्रै अप्ठ्यारो परिस्थितिमा स्वागत गर्दैछौं ।सिंगो विश्व समुदाय आज कोरोना संक्रमणको महामारीबाट आक्रान्त छ । यस महामारीले हामी नेपालीहरुलाई पनि छोएको छ । संसारभर छरिएर रहेका नेपालीहरुका आफन्तजनमध्ये कतिपयलाई संक्रमित तुल्याएको छ र केहीलाई हामीबाट खोसेको छ ।

तपाईंहरुका प्रधानमन्त्रीका रुपमा मैले केही असहज अवस्थाबीच भारी मनका साथ नयाँ वर्ष २०७७ को शुभकामना भन्नु परिरहेको छ । यतिबेला देशभित्र र बाहिर रहनुभएका सबै दिदीबहिनी दाजुभाइहरुलाई मेरो कामना छ– तपाईं, तपाईंका परिवारजन र आफन्तहरु सबै कोरोना भाइरसबाट जोगिन सक्नुहोस् । जसलाई संक्रमण भएको छ उहाँहरुले यसमाथि विजय हासिल गर्न सक्नुहोस् । अनि कोरोना भाइरसको विश्व महामारीबाट सिंगो मानवजाति सहित हामी नेपाली पनि छिट्टै मुक्त हुन सकौं ।

यस भाइरसविरुद्धको जारी युद्धको अगुवाइ सरकारले गरिरहेको छ । हरेक दुःखका पलहरुमा हामीले तपाईंहरुको हौसलापूर्ण साथ, सहयोग र सदभाव पाएका छौं । आगामी दिनमा पनि सम्पूर्ण देशवासीहरुको निरन्तर साथ रहनेमा सरकार विश्वस्त छ ।मेरो नेतृत्वमा रहेको नेकपाको वर्तमान सरकार गठन भएको दुई वर्ष बितेको छ । तपाईं हामी सबैलाई थाहा छ, विगत दुई वर्षको प्रगति उत्साहजनक रहेको थियो । यदि यस महामारीको चेपटामा नेपाल नपरेको भए आज हामी विकासको दरका बारेमा चर्चा गरिरहेका हुने थियौं । विगतका उपलब्धिको जगमा उभिएर नयाँ उचाइ हासिल गर्ने योजना बनाइरहेका हुने थियौं । स्वदेशमै फलदायी रोजगारी वृद्धिदेखि कृषिको आधुनिकीकरणको कुरा गरिरहेका हुने थियौं ।
खनिज पदार्थको उत्खन्न कार्यलाई तीव्रता दिने तयारी गरिरहेका हुने थियौं ।

यति बेला नेपाल भ्रमण वर्ष २०२० को उल्लास फैलिरहेको हुने थियो । वर्षभरि २० लाख बढी विदेशी पर्यटकहरुले नेपाल भ्रमण गर्ने अभियानका रुपमा होमस्टे, होटल र रेष्टुराँहरु भरिभराउ हुने थिए ।शहरबजार, ट्रेकिङस्थल र पर्वतारोहणका गन्तव्यहरुमा पर्यटक र पर्वतारोहीको चहलपहल व्यापक हुने थियो । अहिले हामीहरु दुरगामी लक्ष्यसहित थालिएको सगरमाथा सम्वाद भव्यरुपमा सम्पन्न भएकोमा खुसी मनाइरहेका हुने थियौं । जलवायु परिवर्तन, पर्वत र मानव जातीको भविष्यका बारेमा हामीले गरेका छलफल र निकालिएका निष्कर्षका बारेमा विमर्श, विश्लेषण गरिरहेका हुने थियौं ।

समग्रमा विगतमा हामीले गरेका बाचाहरु, तिनको प्रगति र अब गरिने कामका योजनाबारे मैले यतिखेर देशबासीका सामु विश्लेषण राखिरहेको हुने थिएँ । पाँच वर्षको जनादेशको झण्डै मध्यतिर आइपुग्दा हाम्रा अपेक्षा र परिणाम बीचको दुरीबारे सम्वाद गरिरहेका हुने थियौं ।तर आज हामीहरु एउटा भिन्न प्रकृतिको असहज परिस्थितिबीच नयाँ वर्षको आगमनलाई स्वागत गरिरहेका छौं । यस असहज परिस्थितिको शीघ्र अन्त्यको अपेक्षासहित म सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नयाँ वर्ष २०७७ सालको शुभ रहोस् भन्ने पुनः हार्दिक कामना गर्दछु ।

कोरोना भाइरस महामारीका कारण अहिले हामी भयावह अवस्थाबाट गुज्रिरहेका छौं । मेरो पछिल्लो पटकको सम्बोधनदेखि यताको पाँच दिनको यस अवधिमा थप ३५ हजार मानिसले ज्यान गुमाइसकेका छन् । मानिसको जीवन रक्षाका लागि सिंगो विश्व अहिले लकडाउनमा छ । हाम्रा सम्पूर्ण गतिविधिहरु लकडाउनमा छन् ।कतिपय परिवारका सदस्यहरु आफन्तबाट टाढा लकडाउनमा छन् । संक्रमणबाट जोगिन, सामाजिक दुरी कायम राख्नका लागि एकै ठाउँमा रहेर पनि कतिपय हामीहरु पारस्परिक दुरीमा छौं । निःसन्देह दुःखको यस घडीमा हामी भित्रको मानवीय भावनाले हामीलाई अझ दह्रो गरी जोडिरहेको छ । सिंगो नेपाली समुदाय राष्ट्रिय एकताको भावनात्मक एकतामा अझ घनिष्ठ रुपमा आबद्ध भएको छ । तर, भौतिक रुपले भन्ने हो भने हाम्रो सामाजिक सम्बन्ध जोड्ने धागो टुटेको छ ।

प्रधानमन्त्रीद्वारा देशवासीका नाउमा गरिएको पूर्णपाठ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
म अहिले पाँच वर्षअघिको त्यो कोलाहलपूर्ण अवस्था पनि सम्झिरहेको छु । त्यतिखेर विनासकारी भूकम्पका कारण हाम्रा धेरै घरहरु ध्वस्त भएका थिए । आफू उभिएको भुइँ घरिघरि नाचिरहेको अवस्था थियो । अस्पतालहरु घाइतेबाट भरिभराउ थिए । कति उद्धारको अपेक्षामा चिच्चाइरहेका थिए । कोही आफन्तको वियोगमा भावविह्वल थिए । न बस्ने ठाउँ छ, न सन्चित गरिएका खाने कुरा बाँकी रहेको छ, घरबाट मानिसहरु एकाएक सडकमा फ्याँकिएका थिए ।

त्यतिबेलाको अत्यासलाग्दो अवस्थालाई हामीले एक भएर सामना ग¥यौं । धैर्यता र साहसका साथ उभियौं । अघि बढ्ने प्रयास ग¥यौं । हजारौं भौतिक संरचना भत्किए पनि हामीले मनोबल भत्किन दिएनौं । संकटका काला बादलहरु हटेर सूर्यको उज्यालो छरिने विश्वासलाई टुट्न दिएनौं । त्यसपछि आएका सबै अप्ठ्याराहरुलाई एक भएर एक–एक गरी छिमल्दै गयौं ।प्राकृतिक विपत्तीका कारण नेपालीहरु भौतिक सम्पत्तिका हिसाबले कमजोर भए होलान् । तर मानसिक रुपमा दरिद्रचाहिँ छैनन् भन्ने परिचय हामीले साहसका साथ दियौं । हामीहरुको यो साहस र धैर्यलाईधेरैले प्रशंसा गरे । हामीलाई धुलो टक्टक्याएर उठ्न हात दिए । हामी नेपालीले परेको बेला प्रदर्शित गर्ने गरेको एकता र अनुशासनले नै भत्किएको धरहरा फेरि ठडिन लागेजस्तै शीर ठाडो पार्ने स्थानमा आइपुगेको स्मरण गर्न म सबैलाई हार्दिक आग्रह गर्दछौं ।

तर अहिले हामी त्यस समयभन्दा भिन्न एक अदृष्य शत्रुविरुद्ध युद्ध लडिरहेका छौं । यस्तो शत्रु जसलाई रोकथाम गर्ने खोप या निको पार्ने औषधि अझै आविश्कार भएको छैन । यस्तो शत्रु जसले हामी जस्ता विकासोन्मुख मुलुकलाई मात्रै होइन, बिकसित र बलियो स्वास्थ्य संरचना भएका मुलुकहरुलाई पनि हायलकायल पारिरहेको छ ।हामीले यो युद्ध जित्नका लागि त्यस बेलाका भन्दा भिन्न युद्धका नियमहरु पालना गर्न आवश्यक छ । यस युद्धमा दुरीमा शक्ति यस युद्धमा दुरीमा शक्ति छ । दुरीबाट नै हाम्रो एकता प्रदर्शित हुन्छ भन्ने जस्तो नियमको पालना गर्नुपर्ने अनौठो अवस्था आएको छ । एक्लाएक्लै उभिदै सामाजिक दुरी कायम राखेर अदृश्य शक्ति कोरोना भाइरसलाई छल्नुपर्छ भन्नेमा हामी सचेत हुनुपर्दछ । अहिले जो जहाँ छ, त्यहीँ रहने हो । स्वास्थ्यकर्मीले दिएका सुझाव र सरकारले जारी गरेका निर्देशनहरुको पालना गर्दै स्वअनुशासनमा रहने र कोरोना भाइरसको चक्र समाप्त हुने अवधिसम्म धैर्यताका साथ पर्खिने नीति अपनाउनु अपरिहार्य छ ।हरेक अप्ठ्यारोमा मानिस स्वभावैले अत्तालिन्छ । यस्तो समयमा मनलाई नियन्त्रणमा राख्नुपर्छ भन्ने म ठान्दछु । यो काम भनेजस्तै सजिलो पक्कै छैन । तर परेपछि मानिसले त्यसलाई सामना गर्न सक्छ भन्ने मेरो आफ्नै भोगाइले बताउँछ ।

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,
भनिन्छ, अनिकालमा घरभित्रका भाँडाहरु बज्न थाल्छन् तर त्यसलाई रडाँको मच्चिएको ठान्नु भूल हुन्छ । मन आत्तिएको, भत्किएको बेला गर्नेले गरेन कि भन्ने मनमा पैदा हुन सक्छ । गरेको पुगेन कि भन्ने लाग्न सक्छ । अझ छिटो, अझ राम्रो, तत्काल परिणाम आउने गरी काम गरिदिए हुन्थ्यो भन्ने लाग्न सक्छ । तर अन्योल र भ्रममा पर्ने, बिचलित हुने होइन मन बलियो बनाउनु आवश्यक छ ।

विश्वका बिभिन्न मुलुकमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या र यसको अनुपात फरक फरक छ । हाम्रो देशमा संक्रमितको संख्या प्रति १० लाखमा ०.३ मात्र छ । अहिलेसम्म संक्रमितको अवस्था सामान्य रहनु र कसैको पनि मृत्यु नहुनुलाई हाम्रा प्रयासको सफलताको रुपमा लिन सकिन्छ । हो, अहिले संक्रमणको आशंका गरिएका व्यक्तिहरुको जति परीक्षण भइरहेको छ, पर्याप्त छैन । अहिलेसम्म हामीले प्रति १० लाख जनसंख्यामा एक सय ५२ जनाको परीक्षण गरेका छौं । संक्रमणमुक्त स्थितिको सुनिश्चितताको लागि यस परीक्षणको दायरालाई निरन्तर बढाउँदै लगिने छ ।तर हामी भएका राम्रा काम आफसेआफ वा संयोगले मात्र भएका हुन् भन्ने पनि नसोचौं । यतिसम्म पनि नभनौं सीमित कमी कमजोरी र हुन बाँकी कामहरु सरकारको अकर्मण्यताका परिणाम हुन् । हामी यति त सम्वेदनशील बनौं हाल भइरहेका कामहरु, दिनरात खटिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी र सम्बद्ध श्रमिकहरुको मेहनतको परिणाम हो ।

सीमित साधन र स्रोतका बाबजुद हामीले गरिरहेका कामहरु सकारात्मक छन् र यिनले परिणाम दिइरहेका छन् भन्ने कुराको दृष्टान्त चैत २५ गते सार्वजनिक भएको एउटा राष्ट्रिय सर्वेक्षणले पनि देखिन्छ, जहाँ अधिकांश नागरिकहरुमा कोरोना भाइरसबारे आधारभूत जानकारी पुगेको, त्यसबाट जोगिन अपनाउनुपर्ने कदमबारे उहाँहरु सचेत रहेको र सरकारका कामप्रति अधिकांश नागरिकहरुले सन्तुष्टि व्यक्त गरेको निष्कर्ष प्राप्त भएको छ । जति कामहरु हुन बाँकी छन् तिनलाई तीनै तहका सरकारको नेतृत्व र समन्वयमा निरन्तरता र तीव्रता दिइने छ ।

दिदीबहिनी तथा दाजुभाइहरु,
कोरोना भाइरसबाट विश्व अर्थतन्त्र र समग्र विश्व प्रणालीमै गहिरो र दुरगामी असर पर्ने कुरा निश्चित छ । यस महामारीले हाम्रो जमानाकै सर्वा्धिक विश्व गम्भीर आर्थिक मन्दी निम्त्याउने सहजै अनुमान लगाउन सकिन्छ । प्रक्षेपण गरिएका तथ्यांकहरुलाई उल्लेख नगर्ने हो भने पनि विश्व व्यापार नराम्रो गरी खुम्चिने, करोडौंले रोजगारी गुमाउने र लगानीका स्रोतहरु सुक्ने कुरा निश्चितै जस्तो छ ।

कोरोना भाइरसको यस महामारीबाट सामाजिक र मनोवैज्ञानिक क्षति मात्रै होइन, यसपश्चात आउने विश्वव्यापी आर्थिक मन्दीले हाम्रोजस्तो उदयीमान अर्थतन्त्रलाई गहिरो धक्का दिने निश्चित छ ।यस महामारीबाट कूल गाह्रस्थ उत्पादनको दुईदेखि चार प्रतिशतको हाराहारीमा हाम्रो अर्थतन्त्रमा क्षति पुग्ने बिभिन्न क्षेत्रका विद्वानहरुको विश्लेषणप्रति सरकारको पर्याप्त ध्यान गएको छ ।कोरोना पछिको क्षतिको आँकलनका लागि सरकारले आफूसम्बद्ध बिभिन्न निकायहरुलाई परिचालित गरिसकेको छ । आउने हप्तादिन सम्ममा महामारीको बेगको पूर्वानुमान हुनसक्ने भएकाले समग्र मूल्यांकनको प्रक्रिया त्यसपछि मात्र निष्कर्षमा पुग्ने अवस्था छ ।

हाम्रो योजना थियो, यस नयाँ वर्षमा नयाँ वर्षको पहिलो महिनाको पूवाद्र्धमै रानीपोखरी उदघाटनको कार्यक्रम राखिने छ । यस्तो लाग्दै थियो, धरहरा दस तलामा मात्रै होइन त्यसभन्दा माथि अग्लिने छ ।सुनकोशी मरिन डाइभर्सनको ठेक्का लगाउने काम सकिने छ । सार्वजनिक यातायातमा नयाँ कार्यक्रम घोषणा गरिने छ ।गत फागुन ३ गते प्रतिनिधिसभामा मैले सम्बोधन गर्दा उल्लेख गरिएका कामको विवरणको प्रगति आजको सम्बोधनमा अपडेट गरिने छ ।तर हामी महामारीका कारण धेरै कार्यक्रम स्थगित गर्नुपर्ने, केहीको काममा स्वतः विलम्ब हुने, बजेटलाई रकमान्तर गर्नुपर्ने वा हाम्रा प्राथमिकताका क्षेत्रलाई पुनः व्यवस्थित गर्नुपर्ने अवस्थामा आइपुगेका छौं ।

हामी सबैलाई थाहा छ, यतिबेलाको सर्वोच्च र एकमात्र प्राथमिकता नागरिकहरुको स्वास्थ्य सुरक्षा हो । यतिबेलाको सबैभन्दा महत्वपूर्ण विकास निर्माण कार्य भनेको संक्रमण फैलिन नदिने कुराको सुनिश्चितता गर्ने हो । त्यसैले यतिबेला हामीले आफ्नो ध्यान संक्रमितहरुको पहिचान, परीक्षण रउपचारमा गरेका छौं । जतिबेला हामी यस महामारीको ग्राफलाई सीधा पार्छौं, त्यसपछि हाम्रा आर्थिक गतिविधिलाई तीव्रता दिन लगानी, लगानी अनि फेरि लगानीको नीति अपनाउने छौं ।अहिले हाम्रो अध्ययन तथा सर्वेक्षण टुटेको उत्पादन सम्बन्धको कडी फेरि कसरी जोड्ने, अवरुद्ध उत्पादन प्रणालीलाई कसरी सुचारु गर्ने, भन्नेमा केन्द्रित छ । यसै अध्ययन र सिफारिसको आधारमा सरकारले अर्थतन्त्रको पुनरुत्थानको प्याकेज, नीति तथा कार्यक्रम र बजेटमार्फत् सार्वजनिक गर्ने छ ।

यति धेरै महानुभावहरुले सुझाव र सल्लाह दिइरहनु भएको छ । सल्लाह सरकारको कामको तरिकाको बारेमा छ र साधन स्रोतको सम्बन्धमा पनि छ । कतिपय मित्रहरुले चालु बजेटको बिभिन्न शीर्षकमा रहेका स्रोतलाई रकमान्तर गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भएको छ । कतिपयले उच्च ओहोदामा रहेका र जनप्रतिनिधिहरुले पाउने सुविधामा कटौती गर्नसमेत सुझाव दिनु भएको छ । यी सबै सुझावमा मेरो गम्भीर रुपमा ध्यानाकर्षण भएको छ ।मैले पटक–पटक भन्दै आएको छु, यो युद्ध सबैको बलियो एकतामा जितिने युद्ध हो । विश्वव्यापी यस संकटको समाधान, विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव छ । देशभित्रको संकट व्यवस्थापनमा एकताबद्ध राष्ट्रिय प्रयास सर्वोपरी रहनु पर्दछ । मुलुक प्रगतिमा रहेको बेला हुने उपलब्धीको न्यायोचित वितरण र अप्ठ्यारोमा हुने क्षतिको सहभारवहन हामी सबैले नै मिलेर गर्नुपर्दछ । आवश्यक पर्दा हुनेको गाँस काटेर नहुनेलाई बचाउने हाम्रो परम्परा पनि हो ।

मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छु । विद्यमान कठिन परिस्थितिको सामना गर्न मित्र राष्ट्रहरुबाट प्राप्त सदभाव, ऐक्यबद्धता र सहयोगप्रति हामी आभारी छौं । हामीले व्यहोर्नु परेको क्षतिको मुकाबला गर्न, आवश्यक स्रोत जुटाउन, विकास साझेदारहरुबाट प्राप्त साथ र समर्थन प्रशसंनीय रहेको छ ।यस अवधिमा विश्व बैंकबाट कोरोना संक्रमण रोकथाम आपतकालीन सहयोगका लागि २९ मिलियन अमेरिकी डलर बराबरको सहायता सम्झौता भइसकेको छ ।यसैगरी बिभिन्न शीर्षकमा विश्व बैंकसहित बिभिन्न साझेदार संस्थाबाट एक हजार पाँच सय ६३ मिलियन अमेरिकी डलर बराबरको रकमको व्यवस्था भइसकेको छ ।

परम्परागत सहायता नीति कार्यक्रम तथा सहायताका उपकरणबाट मात्र अहिलेको संकट समाधान हुन सक्दैन भन्ने स्पष्ट छ । नवीन सहायता नीति, कार्यक्रम र सहायता उपकरणबाट मात्र हाम्राजस्ता जोखिमयुक्त देशले संकटमाथि विजय हासिल गरेर अगाडि बढ्न सक्छन् ।त्यसैले नियमित रुपमा उपलब्ध भइरहेको भन्दा थप स्रोत साधन अपरिहार्य भएकोले विकास सहायताको प्रकार, विधि, सर्त तथा ऋणको लागत एवम् प्रक्रियालाई परिमार्जन र सरलीकृत गर्न सरकारले पहल गर्ने छ ।भनिन्छ, संकटले सम्भावनाको पनि ढोका खोल्छ । कोरोना भाइरसको महामारीले सिर्जना गरेका चुनौतीहरुलाई हामीले अवसरमा रुपान्तरित गर्न प्रयास गर्नु पर्दछ ।यस महामारीले स्वास्थ्य पूर्वाधारमा लगानी गर्न सिंगो विश्वलाई र हामीलाई पनि बेस्सरी घचघचाएको छ । सरकारले यसलाई गम्भीर ध्यान दिने नै छ ।

विश्वव्यापी आर्थिक मन्दीका कारण वैदेशिक रोजगारी गुम्न सक्ने, जोखिममा रहेका र मुलुकभित्रै बेरोजगार रहेका युवाहरुलाई केन्द्रित गरेर रोजगारीका कार्यक्रम लागू गर्ने नीति अपनाइने छ ।कृषि, साना तथा मझौला उद्योगका अतिरिक्त स्वरोजगारीका नयाँ सम्भावनाको खोजी गर्न सम्बन्धित क्षेत्रका व्यावसायी, विशेषज्ञहरु र स्वयं युवाहरुसँग मिलेर ठोस योजना अगाडि सारिने छ ।

दिदीबहिनी तथा दाजुभाइहरु,
कोरोना भाइरसबाट प्रभावित हुने सबै वर्ग र क्षेत्रका नागरिकहरुको अभिभावकत्व सरकारले लिन्छ । सबैभन्दा पहिले जनतालाई महामारीबाट उम्काइने छ । सँगसँगै रोजीरोटीको जोहो गरिने छ ।सर्वसाधारण जनता र कमजोर वर्गलाई यथासम्भव सामाजिक संरक्षण प्रदान गर्ने, यस समस्याबाट प्रभावित निजी क्षेत्रलाई प्रोत्साहन उपलब्ध गराउने, कृषक तथा आम श्रमिकहरुको आय निरन्तरताका लागि आवश्यक व्यवस्था गरिने छ ।

मैले पहिले नै घोषणा गरिसकेको छु, आफैंलाई जोखिममा राखी उपचारमा संलग्न हुने चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र नागरिक सुरक्षामा अहोरात्र खट्ने सुरक्षाकर्मीहरु जस्ता यस युद्धको अग्रपंक्तिका व्यक्तिगत र व्यवसायिक सुरक्षामा कुनै कमी हुन दिइने छैन । उहाँहरुको हिफाजत सरकारले हरतरहले गर्ने छ ।संकटको यस घडीमा जनताको घर आँगनमै पुगेर सेवा पु¥याइरहेका स्थानीय जनप्रतिनिधिहरुप्रति म उच्च सम्मान व्यक्त गर्न चाहान्छु । यसले स्थानीय तहहरुलाई जनताको सबैभन्दा नजिकको सरकारको रुपमा स्थापित गरेको छ ।
आफ्नो प्रदेशको विशिष्ट अवस्था र चुनौतीलाई हेरेर प्रभावकारी ढंगले सम्भाव्य संक्रमणको सामना गरिरहनु भएका प्रदेश सरकारको भूमिकालाई म हार्दिक प्रशंसा गर्न चाहान्छु ।

रोजगारी गुमाएर विहान साँझको छाक टार्न कठिन भएका, अपांगताका कारण औषधिलगायत अन्य अत्यावश्यकीय सुविधाको पहुँचबाट टाढा रहनु भएका, वृद्धावस्थामा रहनु भएका र बिभिन्न हिसाबले असहज अवस्था भोगिरहनु भएका विपन्न र असहाय दाजुभाइ दिदीबहिनीहरुसमक्ष स्थानीय सरकारहरु स्वयं राय लिएर पुग्ने छन् । अप्ठ्यारोमा पर्नु भएका त्यस्ता व्यक्ति परिवार या समुदायको पहिचान गर्न र सरकारले उपलब्ध गराउने राहत वास्तविक मर्कामा परेकाको हातमा पुगोस् भन्ने सुनिश्चित गर्न म सबैको सहयोगका लागि हार्दिक अनुरोध गर्दछु ।

विदेशमा रहनु भएका नेपालीहरुप्रति म संवेदनशील छु । विश्वव्यापी संकटको घडीमा उहाँहरु आधारभूत सुविधा र उपचार सेवाबाट बन्चित हुन नपरोस् भनेर सरकारले बिभिन्न तहमा सम्बन्धित देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख र विदेशमन्त्रीहरुसँग निरन्तर सम्वाद गरिरहेको छ । नेपालीलाई संरक्षण दिने र आफ्नै नागरिक सरह सुविधा उपलब्ध गराउने वचन दिनु भएकोमा म उहाँहरुलाई धन्यवाद दिन चाहन्छु ।संकटको यस बेलामा सिंगो राष्ट्र एकताबद्ध छ । सबै राजनीतिक दलहरुबाट प्राप्त साथ, समर्थन तथा उहाँहरुबाट प्राप्त रचनात्मक सुझावले सरकारलाई अझ ऊर्जा थपिदिएको छ । यसका लागि म सबै राजनीतिक दलहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

जनताबाट निर्वा्चित सरकार नै संकटको समाधान गर्ने नेतृत्वदायी संस्था हो । तीनै तहका सरकारले सम्बद्ध सबैको सुझावहरुलाई ध्यानमा राख्दै यस असामान्य अवस्थाको प्रभावकारी ढंगले सामना गर्ने कुराको विश्वास दिलाउन चाहन्छु ।चैत २५ गते मैले भनेको थिएँ– यस खालको महामारीसँग जुध्न समग्र विश्वको तयारी पर्याप्त रहेनछ भन्ने कुरा आज प्रत्यक्ष देखिएको छ । मानव स्वास्थ्यमा उच्च लगानी गर्ने नयाँ विश्व प्रणालीको आवश्यकता टड्कारो बनेको छ । यस महामारीको समाप्तीसँगै मानव केन्द्रित नयाँ विश्वप्रणालीको बारेमा विमर्श पनि थालनी गर्नुपर्दछ । नेपालले यसमा अग्रसरता लिने छ ।

कुनै पनि युद्धमा विजयका लागि आत्मविश्वास, मनोबल र एकता सर्वा्धिक महत्वपूर्ण हतियार हो । आत्मविश्वास गुमेको र आत्मबल खस्किएको सेनाले जतिसुकै आधुनिक संशाधनबाट सज्जित भए पनि युद्ध जित्न सक्दैन ।यस घडी म सबै समक्ष विशेष आह्वान गर्न चाहान्छु, अग्रमोर्चामा रहेर कोरोना भाइरसका विरुद्ध कठिन लडाइँको अगुवाइ गरिरहेकाहरुको मनोबल उच्च पारौं । राष्ट्रिय एकतालाई थप सुदृढ पारौं र कोरोना भाइरसलाई समाजमा फैलिनबाट रोक्न र संक्रमण भइहालेमा पनि पराजित गर्न सकिन्छ भन्ने जनताको आत्मविश्वासलाई थप बलियो बनाउन सकारात्मक भूमिका खेलौं ।

आगामी बैशाख ३ गते लकडाउनको दोस्रो समयावधि पूरा हुन्छ । आगामी दुई दिनमा हुने प्रगतिको आधारमा कोरोना महामारीविरुद्धको हाम्रो नीति कस्तो हुने भन्ने सरकारले निर्णय गर्ने छ । ढुक्क हुनुस् कस्तै प्रतिकूल अवस्थामा पनि आपूर्ति प्रणालीलाई कमजोर हुन दिइने छैन ।फेरि एकपल्ट यहाँहरु सबैको सुस्वास्थ्यको कामनासहित नयाँ वर्ष २०७७ को हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । सबैमा धेरै धेरै धन्यवाद ।

Related News

सम्बन्धित समाचार

hero news full width