क्वारेन्टाइनमा बस्नेले दैनिक ५१० पाउने

प्रकाश ढकाल
वैशाख १, २०७७
quarrantine3

Representative Image

पोखरा । सरकारी क्वारेन्टाइनमा बसेकाहरुलाई सरकारले ५ सय १० रुपैयाँ दैनिक खाना र खाजा खर्च दिने भएको छ । आइतबार बसेको मन्त्रीपरिषद् बैठकले सबैलाई रकम दिने निर्णय गरेको हो।

विभिन्न स्थानीय तह र प्रदेश सरकारले बनाएको क्वारेन्टाइनमा बस्नेहरुलाई दिनहुँ खाने समस्या भएपछि रकम निकासा दिन लागेको हो ।

यस्तै, कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मी र कर्मचारीलाई २ हजार २ सय रुपैयाँका दरले दिने निर्णय गरेको छ । डेडिकेटेड अस्पतालमा कार्यरत र ल्यावमा काम गर्नेहरुलाई रकम दिन लागिएको सरकारका प्रबक्ता रामशरण बस्नेतले बताए ।

बैठकले प्रदेशस्तरीय सुरक्षा निकायलाई ४५ लाख निकासा दिने निर्णय गरेको छ । नेपाली सेना पश्चिम पृतना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको प्रदेश स्तरीय कार्यालयलाई १५÷१५ लाखका दरले रकम निकासा दिने बस्नेतले जानकारी दिए ।

सरकारले लेखनाथ सामुदायिक लायन्स अस्पताललाई नमुना अस्पतालको रुपमा विकास गर्ने निर्णय गरेको छ । यसअघि कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेपनि काम भएको थिएन । सामुदायिक अस्पताललाई प्रदेश सरकारको मातहत ल्याउने र आवश्यक उपकरण सहित सुविधा सम्पन्न बनाउने उनले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width