नयाँ वर्ष शुरु

आदर्श समाज सम्वाददाता
वैशाख १, २०७७
new year3

आजदेखि नेपाली नयाँ वर्ष २०७७ शुरु भएको छ। देश तथा विदेशमा रहेका नेपालीले एक अर्कालाई शुभकामना दिँदै नयाँ वर्ष मनाउदै छन् ।

विक्रम संवत अनुसार नेपाली नयाँ वर्ष आरम्भ भएको हाे। नेपालको मौलिक संवत् मानिने विक्रम संवत् काे आफ्नै महत्व छ। सरकारी कामकाजमा विसं. चलाउने नेपाल एक मात्र मुलुक हो । हरेक वैशाख सङ्क्रान्तिदेखि यो संवत आरम्भ हुन्छ । यो संवतका आरम्भकर्ता विक्रामादित्य हुनुहुन्छ।

सूर्यले ३६० डिग्री पूरा गरेर ० डिग्रीमा प्रवेश गरेका आधारमा यो संवत् शुरु हुन्छ। विक्रम सम्वत् अङ्ग्रेजी सम्वत् अर्थात् एडी भन्दा ५६ दशमलव ७ वर्षले अगाडी छ।

वैशाख १ गतेको दिन मेष सक्रान्ति पनि हो । १२ वटा राशिहरुका आधारमा १२ वटा महिना निर्धारण गरिएको छ । वैशाख १ अर्थात पहिलो महिनाको पहिलो दिन, १२ वटा मध्ये पहिलो राशि मेष राशिको संक्रान्ति हो । यो संक्रान्तिका दिन विभिन्न परिकार पकाउने, खाने खुवाउने चलन हुन्छ।

Related News

सम्बन्धित समाचार

hero news full width