गोठ जल्दा २ गोरु र ३ गाई मरे

Avatar आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०७६

पोखरा, ३० चैत । म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका–५ भेडीखाल्टा निवासी बमबहादुर बिकको १ तले कच्ची गोठमा शनिवार साँझ आगजगी हुँदा गोठमा रहेका २ गोरु, ३ वटा गाई जलेर मरेका छन् ।

आगलागीका कारण १ गोरु र २ गाई जलेर घाइते भएका छन् । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । घटनाको बारेमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले थप अनुसन्धान शुरु गरेको छ ।

हाम्रो सुझाव