नवलपरासीमा राहतमै घोटला-सर्वत्र आलोचना

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०७६
parasi 1

रामकुमार श्रेष्ठ–नवलपरासी, ३० चैत्र । कोरोना भाइरसको महामारीका कारण भएको लकडाउनबाट गरिव तथा विपन्न परिवार भोकभोकै मर्न नपरोस् भनेर वितरण भएको राहतमै घोटला गरिएको पाइएको छ ।

नवलपरासीको रामग्राम नगरपालिकामा राहत वितरण गर्दा कुहिएको चामल, म्याद नाघेको खाद्यान्न र तोकिए भन्दा कम तौल खाद्यान्न वितरण गरेर घोटला गरे पछि यसको सर्वत्र आलोचना भएको छ ।पूर्वी र पश्चिम नवलपरासी गरी दुई जिल्ला रहेको नवलपरासीको १५ वटा स्थानीय तहहरुमा कतै खानै नपुग्ने गरी निक्कै कम राहत वितरण गरिएको छ भने कतै म्याद नाघेका र कुहिएका खाद्यान्न वितरण गरिएको छ ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकामा कुहिएका चामल र म्याद नाघेका खाद्यान्न वितरण भएको पाइए पछि स्थानीयले विरोध स्वरुप त्यसलाई नगरपालिकाको गेट अगाडि नै राहत सामग्री फालिदिएका थिए ।राहत वितरण घोटला भए पछि रामग्राम नगरपालिकामा अहिले राहत वितरण राकिएको छ । रामग्राम नगरपालिकामा अहिले राहत वितरणमा घोटला छानविन गर्नका लागि छानविन समिति समेत गठन गरिएको छ ।

त्यस्तै कतिपय स्थानीय तहमा वडाले गरीब विपन्न नभनेर राहत वितरणका लागि नाम टिपेर पठाएको भन्दा कम संख्यामा राहत पठाएपछि गरिव तथा विपन्नहरुले राहत नपाएको गुनासो गरेका छन् ।पूर्वी नवलपरासीको कावासोती १६ सुन्दरवस्तीमा ३० घर विपन्न परिवार रहेका छन् । यहाँ रहेका सबै मजदुरी गरी खाने सुकुम्बासी परिवार हुन् । यहाँ वडाले सबै घरको नाम टिपेर लगे पनि आधाले मात्र राहत पाएको स्थानीयले गुनासो गरेका छन् ।

कावासोती ३ का वडाअध्यक्ष अमृत श्रेष्ठले वडाले पठाएको संख्या भन्दा कम संख्यामा राहत आएपछि वितरणमा समस्या भएको बताए । कावासोती नगरपालिकामा कतिपय सम्पन्न परिवारले पनि राहत लगेको र कतिपय विपन्न परिवारले समेत राहत नपाएको उनीहरुको गुनासो छ । त्यसमाथि राहत निक्कै कम अर्थात प्रति परिवार १५ किलो चालम भए पनि कतिपय नाममात्रको राहत किन लिन भन्दै अस्वीकार गरेका छन् ।

यसैबीच बर्दघाट नगरपालिकामा लकडाउनका बेला खुलेका अत्यावश्यक सामग्री अर्थात खाद्यान्न पसलहरुमा चेक जाँच गर्दा समय गुज्रिएका खाद्य विक्री गरेको पाइएको छ ।बर्दघाट नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेले अनुगमनको क्रममा म्याद गुज्रेका पेयपदार्थ, ड्राइ फुड, मसला र औषधि समेत बरामद गरिएको बताए ।ती पसलहरुलाई कारवाहीको दायरामा ल्याउने बर्दघाट नगरपालिकाले तयारी गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width