दुई लाख अस्ट्रेलियन डलरको “COVID-19 Expert सहयोग कोष” स्थापना

आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०७६
COVID-19-Expert-Support-Program-1-scaled

काेभिड १९ को कारणले अष्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय बिद्यार्थीहरुलाई पर्न सक्ने समस्याहरुमा सहयोग पुर्याउने उद्देश्यले एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेजको परोपकारी गतिविधिका लागि संचालित संस्था एक्स्पर्ट फाउन्डेसनले २ लाख अस्ट्रेलियन डलरको “COVID-19 Expert सहयोग कोष” स्थापना गरेको छ।

कोरोनाभाइरस (काेभिड १९) को महामारीबाट अस्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय विद्यार्थीका अभिभावकहरु पनि अहिले प्रभावित भएको र यहाँ रहेका बिद्यार्थीहरुको रोजगारीमा पनि असर गरेको यथार्थलाइ पनि मध्यनजर गर्दै फाउन्डेसनले यो निर्णय गरेकाे जनाएकाे छ ।

एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज मार्फत अस्ट्रेलियाका बिभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा अध्ययनरत अन्तरास्ट्रिय बिद्यार्थीहरु प्रति पहिलो दायित्व तथा अभिभावकत्व अनुभुत गर्दै कोषबाट एक लाख पचास हजार अस्ट्रेलियन डलर उहाँहरुको सहयोगका लागि छुट्याइएको र अन्य अन्तरास्ट्रिय बिद्यार्थीहरुको सहयोगमा क्रियाशील बिभिन्न सामाजिक संघ संस्थाहरु मार्फत सहयोग गर्ने गरी पचास हजार अस्ट्रेलियन डलर छुट्याइएको फाउन्डेसनले बताएकाे छ।

अस्ट्रेलियामा अध्ययनरत अन्तराष्ट्रिय बिद्यार्थीहरुमा पर्न सक्ने प्रभाव न्यूनिकरणका लागि अस्ट्रेलियन सरकार र राज्य सरकारहरु अन्तर्गतका विभिन्न सरकारी एवं गैर सरकारी निकायहरु र शैक्षिक संस्थाहरुले ल्याएका विभिन्न कार्यक्रमहरुबाट बिद्यार्थीहरुलाई केहि हदसम्म भएपनि सहयोग पुग्ने हामीले विश्वास  पनि  फाउन्डेसनले लिएकाे छ। साथै, बिद्यार्थीहरुलाई पर्न सक्ने समस्याहरुका बारेका व्यवसायिक सम्बन्ध भएका शैक्षिक संस्थाहरुसंग आफ्नो तर्फबाट नियमित परामर्शमा रही, सहयोग र सुविधा प्राप्त हुने सूचना उपलब्ध हुनासाथ बिद्यार्थीहरुलाई जानकारी गराइरहेको र त्यसलाई निरन्तरता दिने फाउन्डेसनले जनाएकाे छ।

Related News

सम्बन्धित समाचार

  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…
  • हिमालय माविले स्वर्ण महोत्सव मनाउने

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । अन्नपूर्ण ७ स्थित हिमालय माविले त्रिदिवसीय कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयले यही वैशाख १०…

hero news full width