पोखरा, ३० चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारी रोक्न गरिएको लकडाउनका कारण गण्डकी प्रदेशका जनतामा दैनिक अत्यावश्यक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था गर्न कार्य भइरहेको गण्डकी प्रदेश सरकार उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकार मन्त्रिपरिषद्को चैत १५को निर्णयानुसार प्रदेशमा “प्रदेशस्तरीय आपूर्ति अनुगमन समिति”, जिल्लामा “जिल्लास्तरीय आपूर्ति अनुगमन समिति” र स्थानीय तहमा “पालिकास्तरीय आपूर्ति अनुगमन समिति” गठन गर्ने निर्णय वमोजिम समितिहरु गठन भई कार्य प्रारम्भ भइरहेको मन्त्रालयले आइतवार विज्ञप्ति प्रकाशित गरी जानकारी दिएको हो ।
प्रदेशस्तरीय आपूर्ति अनुगमन समितिको पहिलो बैठकले तीनै तहका अनुगमन समितिले गर्ने कार्यको कार्यशर्त तयार गरी ८५ वटै स्थानीय तहबाट विभिन्न किसिमका तथ्याङ्क संकलन गर्ने निर्णय गरेको थियो । यसका लागि मन्त्रालयले निश्चित ढाँचा तयार गरी प्रदेशका सबै स्थानीय तहसँग तथ्याङ्क माग गरेकोमा सम्बन्धित स्थानीय तहले वडा कार्यालयबाट आधारभूत तहका तथ्याङ्क संकलन गरिरहेका छन् ।
कोरोना महामारीको कठिन अवधिमा प्रदेशभित्र रहेका स्वदेशी तथा विदेशी श्रमिक र असहायअशक्तहरुलाई सम्बन्धित स्थानीय तहमार्फत राहत वितरण गर्न प्रदेश सरकारले ६ करोड ५० लाख रुपैँया बजेटको व्यवस्था गरिसकेको छ । यस समयमा सम्पूर्ण प्रदेशवासीलाई दाल, चामल, तेल, तरकारी, ग्याँस, डिजेल, पेट्रोल लगायतका दैनिक अत्यावश्यकीय उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्था मिलाउन र दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक र असहायअशक्तहरुलाई गरिने राहत वितरणमा प्रदेशस्तरीय तथ्याङ्क तयार गरी सोही तथ्याङ्कको आधारमा आपूर्ति व्यवस्था मिलाउन तथा छिटो, छरितो, पारदर्शी र प्रभावकारी रुपमा राहत वितरण गर्न यो विद्युतीय माध्यमबाट संकलित तथ्याङ्कले सहयोग पुग्नेछ भन्ने मैले आशा लिएको छु, उद्योगमन्त्री विकास लम्सालले भने ।
Related News
सम्बन्धित समाचार
बागलुङको बलेवामा १० दिन लकडाउन
अन्नपूर्णका सुत्केरीलाई कुखुरा र कम्बल
पत्रकार महासंघ कास्कीको पदस्थापन
‘घर जलेर खरानी भो’
कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
hero news full width
मुख्य समाचार
माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
वैशाख ७, २०७८अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
वैशाख ७, २०७८गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
वैशाख ७, २०७८पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
वैशाख ७, २०७८मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी
वैशाख ७, २०७८