पृथ्वीनारायण क्याम्पस प्रमुखमा अधिकारी

Avatar आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०७६

पोखरा, ३० चैत । देशकै सबैभन्दा ठूलो क्याम्पस पृथ्वीनारायण क्याम्पसको क्याम्पस प्रमुखमा नन्दलाल अधिकारी नियुक्त भएका छन् ।

त्रिभूवन विश्वविद्यालय केन्द्रीय कार्यालयले आइतवारदेखि लागुहुनेगरी अधिकारीलाइृ क्याम्पस प्रमुखको जिम्मेवारी दिएको हो । क्याम्पस प्रमुखको रुपमा रहदै आएका प्रा.डा. चन्द्रबहादुर थापाको चैत २८ गते अनिवार्य अवकाश भएसँगै रिक्त पदमा आइतवार प्रमुखमा उपप्राध्यापक नन्दलाल अधिकारीलाई जिम्मेवार दिइएको हो ।

अधिकारी पृथ्वीनारायण क्याम्पसमा ८ वर्षदेखि सहायक क्याम्पस प्रमुखभई कार्यगदैृ आएका छन् । कास्कीको साविक धिताल गाविस अस्ताम निवासी अधिकारी क्याम्पस प्रमुखमा नियुक्तभएसँगै क्याम्पसको शैक्षिक तथा प्रशासकीय सुधारमा परिवर्तन आउने क्याम्पसका क्षेत्रगत व्यवस्थापनका विभागीय प्रमुख विष्णुप्रसाद भण्डारीले बताए ।