कोरोना [कोभिड-१९] ताजा अपडेट
यहाँ क्लिक गर्नुहोस्

प्रतिष्ठानले गर्यो राहत वितरण

Avatar आदर्श समाज सम्वाददाता
चैत्र ३०, २०७६

पोखरा, ३० चैत । सिद्धि सेतुली स्मृति प्रतिष्ठान पोखराले अशक्त, असहायलाई राहत सामाग्री प्रदान गरेको छ । कोरोना– भाइरसको महामारीमा भएको लकडाउनबाट हातमुख जोर्न असमर्थहरुलाई प्रतिष्ठानले आइतबार ६५ हजार रुपैयाँ बराबरको खाद्य सामाग्री वितरण गरेको हो ।

पोखरा–९ का वडाध्यक्ष रामराज लामिछाने, वडा सचिव लोकदर्शन कोइराला र प्रहरीको रोहवरमा साँघुमुख, चिप्लेढुंगा, नयाँबजार, शान्तिवन, सहाराटोल, कृष्णटोल, गणतन्त्र टोल, शिव कामना टोल र पुरानोधारामा खाद्य सामाग्री वितरण गरिएको थियो ।