खोटाङ, ३० चैत । चट्याङ लागेर खोटाङमा दुई जनाको मृत्यु भएको छ भने, आठ जना घाइते भएका छन् । गएराति पानीसँगै परेको चट्याङ लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तोमानेका १३ वर्षीय छोरा राजमनी राई र छिमेकी ३८ वर्षीया निर्मला विश्वकर्माको घटनास्थल मै मृत्यु भएको हो ।
घाइते हुनेमा मृतक निर्मलाको १४ वर्षीया छोरी मनकला, छ वर्षीय छोरा आसन विश्वकर्मा, स्थानीय ४५ वर्षीय धनिराम राई, १८ वर्षीया मनिषा विश्वकर्मा र ३८ वर्षीया मनकुमारी राई गम्भीर घाइते भएका छन् । सामान्य घाइते हुनेमा आठ वर्षीया सुष्मा राई, ४७ वर्षीया कमलकुमारी राई, ३८ वर्षीया विर्षिका राई र ६५ वर्षीया कृष्णमाया राई रहेका छन् । गम्भीर घाइते पाँच जनालाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलतर्फ पठाइएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले जानकारी दिए । गम्भीर घाइते मनकलाको खुट्टामा र आसनको टाउ तथा घाँटीमा चोट लागेको प्रहरी जनाएको छ ।
स्थानीय पर्खजीत राईको घरमा परेको चट्याङले उनको छोरा राजमनी र निर्मलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक आमोदकुमार खेरवारले बताए । पर्खजीतको घरमा जडान गरिएको विजुलीको पावरसकेटमा चट्याङ परेपछि गाउँभरी करेण्ट प्रवाह भएको थियो । घाइते हुने अधिकांशलाई विद्युत्को झड्का लागेको हुनसक्ने प्रत्यक्षदर्शीले बताएका छन् । घटना लगत्तै गाउँपालिका प्रमुख राईले स्वास्थ्यकर्मी र प्रहरीसहितको टोली लगेर उद्दार गरेको बताइएको छ ।
Related News
सम्बन्धित समाचार
पंगेनीको प्रस्तुतिमा रमाए दर्शक
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह
करार र काजले भरिएको पोखरा महानगर
काठमाडौंबाट ६० लाख धरौटीमा छुटे रवि
पोखरा १५ मा बृहत् खेलकुद महोत्सव सुरू
hero news full width
मुख्य समाचार
२० औं लेखनाथ महोत्सव समापन: साढे ९ करोड कारोबार, ३ लाखभन्दा बढी दर्शक
पाेखरामा १०५ वर्षे रामबहादुर सम्मानित
माघ १, २०८१पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
माघ १, २०८१पाँचौं टाइगर कपमा १२ टिम टुंगो, श्रीलंका र थाइल्याण्डका खेलाडीसमेत आउने
माघ १, २०८१माछापुच्छ्रे गाउँपालिकालाई प्रश्न– वनैभरि होटल छन्, नियमन कसले गर्छ ?
माघ १, २०८१निर्माण व्यवसायीको स्थापना दिवसमा रक्तदान, व्यवसायीलाई नगदसहित सम्मान
पौष २९, २०८१