खाजा खाँदै गर्दा चट्याङ लागेर मृत्यु

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७६
chattang2019-05-28

गलकोट, २९ चैत ।  बागलुङ जिल्लामा आज चट्याङले लागेर एक युवाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१३ गलुवाका २६ वर्षीय शङ्कर रिजालको आज दिउँसो ४ः३० बजे घरको पिँढीमा खाजा खाँदै गर्दा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिनुभयो ।

चट्याङबाट गम्भीर घाइते रिजालको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङले लागेर उहाँसँगै २० वर्षीय रेश्मी भट्ट घाइते हुनुभएको छ । रिजालको गोठमा रहेको भैँसीसमेत चट्याङले लागेर मरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width