कोरोना भाइरस विरुद्ध लड्न ब्राजिलको १९८२ विश्वकप टिम एकजुट

Avatar एजेन्सी
चैत्र २९, २०७६

कोरोना भाइरस विरुद्ध लड्नका लागि ब्राजिलको १९८२ विश्वकप टिम एकजुट भएको छ ।

ब्राजिलमा कोरोनाका कारण संक्रमण भएका र हुनसक्ने संभावित खतराबाट बच्न सो टिमले सहयोग गर्ने भएको छ ।

जसको अगुवाई पाउलो रोबेर्टो फाल्काओले गरेका छन् ।

टिममा १९ खेलाडी छन ।

जसमा जिको, जुनीयर, लियनाद्रोले भिडियो म्यासेजबाट सहयोगका लागि अपिल गरेका छन् ।

पूर्व रोमाका मिडफिल्डर फाल्काओले ५ लाख अमेरीकी डलर एक सातामा उठाएको बताएका छन ।

यो टिमका खेलाडीको अपिलमा अहिलेका साथै पूर्व खेलाडीहरुले पनि सहयोग गर्दै आएका छन् ।

कोरोनाका कारण ९ सय ब्राजिलीहरुको मृत्यु भइसकेको छ ।

त्यहाँ मर्नेको संख्या बढ्नसक्ने अनुमान लगाइएको छ ।

हाम्रो सुझाव