मनाङ, २९ चैत । कोभिड–१९ को जोखिम हुन नदिन यहाँ विदेशबाट फर्किएका नागरिकको खोजी जारी रहेको छ ।
स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा अनिवार्य रुपमा राख्नुपर्ने व्यवस्था गरिएको छ । जिल्लामा हालसम्म भारतबाट फर्किनुभएका एकजना मात्रै क्वारेन्टाइनमा रहेका छन् । यही चैत ९ गते घर फर्किएका भारत बोर्लाङमा अध्ययनरत विद्याथी क्वारेन्टाइनमा रहेका मनाङ ङिस्याङ गाउँपालिका–५ का वडाध्यक्ष कर्माछिरिङ गुरुङले जानकारी दिए ।
ती विद्यार्थीलाई हाल क्वारेन्टाइनमा राखिएको र थ्रोट स्वाब परीक्षणका लागि गण्डकी प्रदेशस्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए । मनाङमा यसभन्दाअघि चारजनालाई क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले बताए । “दुबई, कतार, साउदी अरेवियाबाट फर्किएका नागरिकलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गराउँदा सामान्य रहे पश्चात् घर फर्किएका छन् ”, उनले भने । जिल्लामा रहनुभएका विदेशी नागरिकको स्वास्थ्य परीक्षण गर्दा सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको उनले जानकारी दिए ।
“अहिलेसम्म पनि औषधि र उपकरण आइपुगेको छैन, तर मनाङ ङिस्याङवासीका लागि स्वास्थ्यप्रति सचेत हुँदै स्वास्थ्यकर्मीहरु औषधि र उपकरणबिना नै भए पनि खटिएका छन् छ”, गाउँपालिका अध्यक्ष लोकन्द्रबहादुर घलेले भन्छन “औषधि र उपकरण चाँडै आइपुगे ढुक्क हुने थियो ।”जिल्लामा विदेशबाट आउने नागरिकको सङ्ख्या भने कम रहेको छ भने विदेशी पर्यटकसमेत रहेका छन् ।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ गण्डकीको पदस्थापन
एमालेका ४ सांसदले जोगाइदिए कर्णालीका मुख्यमन्त्रीको कुर्सी, ४ सांसदमाथि कारवाही
पूर्व मन्त्री पाण्डेले दिए १२५ विद्यार्थीलाई झण्डै ४० लाख छात्रवृत्ति
पछिल्लो २४ घण्टामा थपिए ९ सय जना कोरोना संक्रमित
गण्डकीका मुख्यमन्त्री भन्छन् : मलाई किन हटाउने ?
hero news full width
मुख्य समाचार
विद्यालय सञ्चालनबारे सरकारको निर्णयले थप अन्योल, प्याब्सन भन्छ: बन्द हुँदैन
कास्कीका विद्यालय बन्द नहुने
वैशाख २, २०७८कास्कीसहित १४ जिल्लामा विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान स्वास्थ्य मन्त्रालयको अपिल
वैशाख २, २०७८अस्थिरता नआओस् भनेर संसद अधिवेशन अन्त्य गरेको हो : मुख्यमन्त्री गुरुङ
वैशाख २, २०७८अविश्वासको प्रस्तावसँगै विशेष अधिवेशन माग, सरकारलाई माओवादीको समर्थन फिर्ता – अविश्वास प्रस्तावको पूर्ण पाठसहित
वैशाख २, २०७८गुरुङ सरकारविरुद्ध अविश्वास प्रस्ताव दर्ता, २८ सांसदकाे हस्ताक्षर
वैशाख २, २०७८