धनकुटा र हिलेमा घरघरमै तरकारी, दूध र ग्यास

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७६
tarkari ppp

धनकुटा २९ चैत्र । लक डाउनको समयमा उपभोक्ताहरुलाई सेवा पु¥याउने उद्देश्यले धनकुटा उद्योग बाणिज्य संघको समन्यमा स्थानीय प्रशासन र सुरक्षाकर्मीको सहयोगमा धनकुटा र हिले बजार क्षेत्रमा घर घरमानै ताजा तरकारी, दूध र खाना पकाउने ग्यास बिक्रीवितरण गर्न शुरु गरिएको छ ।

कोराना भाइरसबाट बच्नका सरकारले लगाएको लक डाउनमा उपभोक्ताहरु तरकारी लगायत अत्यावाश्यक वस्तुहरु खरिद गर्न जान समस्या भएकोले धनकुटा उद्योग बाणिज्य संघले व्यपारीहरुसंग समन्वयगरी स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुको सहयोगमा गाडीबाट बजार घुमाउदै घरघरमै लगेर बिक्रीवितरण गर्ने व्यवस्था गरिएको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले बताए ।

धनकुटाको हिले बजारमा हिले प्रहरी चौकीको सहयोगमा व्यावसायीहरुवे बजार घुमाउदै उपभोक्ताहरुको घर अगाडिसम्म तकारी दूध लगायतका अत्यावाश्यक वस्तु तथा समाग्रीहरु गाडीबाटमै लगि बिक्रीवितरण गरिरहेको धनकुटा उद्योग बाणिज्य संघका महासचिव रामबहादुर तामाङ्गले बताए । धनकुटा बजारमा पनि धनकुटा उद्योग बाणिज्य संघको समन्वयमा स्थानीय प्रशासन र सुरक्षाकर्मीहरको सहयोगमा उपभोक्ताहरुको सहजताको लागी प्रत्येक दिन विहान दुघ र सवै किसिमका ताजा तरकारी लगायत अत्यावाश्यक वस्तुहरु गाडीबाट धनकुटा बजार घुमाउदै प्रत्येक घर अगाडी लगेर बिक्री वितरण गर्ने व्यवस्था गरिएका बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width