कोरोना [कोभिड-१९] ताजा अपडेट
यहाँ क्लिक गर्नुहोस्

सुजल डेरीको सफल एक्सप्रेस फ्री होम डेलिभरी सेवा सुरु

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७६

पोखरा, २९ चैत । सुजल डेरीले पोखरावासी उपभोक्ताको आवश्यक्तालाई मध्यनजर गर्दै सफल एक्सप्रेस फ्री होम डेलिभरी सेवा संचालनमा ल्याएको छ ।

यो सेवा अन्तर्गत विक्रेता एवंम उपभोक्ताले सफलका सम्पूर्ण उत्पादन दूध, दही, पनिर, घ्यू, वटर र नौनी फोनबाटै अर्डरगरी निःशुल्क डेलीभरी पाउनेछन् । विक्रेताका लागि न्यूनतम अर्डर एक हजार पाँच सय छ भने उपभोक्तका लागि न्यूनतम अर्डर आठ सय रहेको छ । अर्डर गरेको २४ घण्टा भित्र उपभोक्ताले डेलिभरी सेवा पाउन सक्नेछन् ।

सम्पूर्ण विक्रेता एवम् उपभोक्ताले सुजल डेरीको सम्पर्क नम्बर ९८०१२४०२०४ मा फोनगरी आफ्ना अर्डरहरु दिन सक्नेछन । अर्डर दिने समय हरेक दिन बिहान ९ देखि दिउसो १ बजे सम्म रहेको छ । कोरोना भाइरसको संक्रमणले विश्व जुधिरहेको समयमा सम्पूर्ण उपभोक्ताहरुलाई घरमै बस्न सुजल डेरीले आग्रह समेत गरेको छ ।