विश्वभर कोरोनाबाट मर्नेको संख्या एक लाख वढी

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७६
TOPSHOT-US-HEALTH-VIRUS

फाेटाेः एएफपी

काठमाण्डौ, २९ चैत । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुने मानिसको संख्या एक लाख नाघेको छ ।जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांकअनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख दुई हजार छ सय सात पुगेको हो ।

भाइरसको कारण इटालीमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । इटालीमा अहिलेसम्म मृत्यु हुने मानिसको संख्या १८ हजार आठ सय ४९ पुगेको छ । अमेरिकामा पनि अहिलेसम्म १८ हजार छ सय ३७ मानिसको कोरोना भाइरसको कारण मृत्यु भएको छ । स्पेनमा पनि १६ हजार ८१ जना मानिसको मृत्यु भइसकेको छ ।

अहिलेसम्म विश्वभर यो भाइरसको कारण संक्रमित हुने मानिसको संख्या पनि १६ लाख ९४ हजार नाघिसकेको छ । सबैभन्दा धेरै संक्रमित अमेरिकामा देखिएका छन् । अहिलेसम्म अमेरिकामा संक्रमितको संख्या चार लाख ९९ हजार नाघिसकेको छ । त्यस्तै स्पेनमा संक्रमितको संख्या एक लाख ५८ हजार नाघेको छ । इटालीमा पनि संक्रमितको संख्या एक लाख ४७ हजार नाघेको छ ।अहिलेसम्म विश्वभर तीन लाख ७६ हजार संक्रमित निको भइसकेका छन् ।

Related News

सम्बन्धित समाचार

    • बागलुङको बलेवामा १० दिन लकडाउन

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      बागलुङ । विद्यालय र समुदायमा ठूलो संख्यामा कोरोना संक्रमणको पुष्टि भएपछि बागलुङको बलेवा क्षेत्र १० दिनका लागि लकडाउन घोषणा गरिएको…
    • कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आफ्ना पिताको देहवासन भएर काजकीरियामा…
    • पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      पोखरा ।  पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार कोरोना परीक्षण गरिएकोमा उनको…
    • पोखरामा कोरोना संक्रमितको मृत्यु

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ६, २०७८
      पोखरा। कोभिड–१९ का कारण पोखरामा १ जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा १५ निवासी ६५ वर्षीय पुरुष…
    • महामारी फैलियो, सावधानी छैन

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ५, २०७८
      काठमाडाैं । जिल्लामा कोभिड–१९ महामारी जिल्लामा बढ्दै जाँदा सावधानी भने देखिएको छैन । विद्यालय, ठूला सपिङ मल, पार्टी प्यालेस खुल्लै छन्…

    hero news full width

    sanil ads

    wordlink ads

    trending post

    ट्रेन्डिङ्ग