गोरु काट्ने २ पक्राउ

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७६
Untitled

पोखरा, २९ चैत । पोखरा–३३ छप्ल्याङमा गोरु काट्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रवार गोरु काटेको सूचना प्राप्त हुनासाथ प्रहरी उक्त स्थानमा पुगेर काटेको मासु र पेच्छर सहित दुई जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता राजकुमार केसीले गोरु काट्ने पोखरा–३३ छप्ल्याङ निवासी ३७ वर्षीय संजय कार्की र पोखरा–३२ लामे आहाल निवासी २७ वर्षीय अनिष भूजेललाई पक्राउ गरेको हो । घटनाको बारेमा कास्की प्रहरीले अनुसन्धान शुरु गरेको हो ।

Related News

सम्बन्धित समाचार

hero news full width