नवलपुरमा क्वारेन्टाइनमा बसेका ६६ जना घर फर्किए

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७६
BBB_Doti-kwarentai1

रामकुमार श्रेष्ठ –नवलपरासी, २९ चैत्र । पूर्वी नवलपरासीमा कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा बसेका ८२ जना मध्ये ६६ जना घर फर्किएका छन् । नवलपुरमा अहिलेसम्म ८२ जना क्वारेन्टाइनमा बसेका मध्ये ६६ जना घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।

१६ जना क्वारेन्टाइनमा

अहिले नवलपुर जिल्लामा १६ जना क्वारेन्टाइनमा रहेको छन् । चापागाईका अनुसार केही दिन अघि काठमाडौंबाट पैदल हुप्सेकोट गाउँपालिका आएका १३ जना क्वारेन्टाइनमा रहेका छन् भने देवचुली नगरपालिकामा ३ जना गरी १६ जना क्वारेन्टाइनमा रहेका छन् ।

नवलपुरमा आए विदेशबाट ८ सय ६० जना

नवलपुरमा शुक्रबारसम्मको तथ्यांक अनुसार फाल्गुन यता भारत लगायत विभिन्न देशबाट आएका ८६० जना रहेका छन् । ति मध्ये ८२ जना क्वारेन्टाइनमा बसेर ६६ जना घर फर्किसकेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार अधिकांश नवलपुर आएको १४ दिन कटिसकेका छन् । चैत्र १५ गते यता नवलपुर आएका २१ जना रहेका छन् । ति मध्ये ३ जना अझै पनि क्वारेन्टाइनमा छन् भने अरु होम क्वारेन्टाइनमा स्थानीय तहको उच्च निगरानीमा रहेका छन् ।

शंकास्पद २० जनाको कोरोना भाइरस परीक्षण सबैको नेगेटिभ

नवलपुरमा अहिलेसम्म कोरोना संक्रमित आशंकामा २० जनाको स्वाव परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए । भारत लगायत विदेशबाट आएका र उनीहरुको सम्पर्कमा आएका गरी २० जनाको परीक्षण गरिएको हो । ती मध्ये सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार हरि पन्त सम्मानित

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । पोखराका पत्रकार हरि पन्त सम्मानित भएका छन् । धादिङ त्रिपुरा बाराही महिला समूहले आठौँ साधारणसभा तथा चौंथो अधिवेशनको…
  • गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । नेपाल धितोपत्र बोर्डको आयोजना र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको समन्वयमा गण्डकी प्रदेशका आर्थिक पत्रकारहरूको लागि धितोपत्र बजार…
  • मुल्मीको एकल चित्रकला प्रदर्शनी

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । वरिष्ठ कलाकार राधेश्याम मुल्मीका चित्र कलाकृतिको प्रदर्शनी सम्पन्न भएको छ । पोखरेली युवा साँस्कृतिक परिवारको कला विभागको आयोजनामा…
  • कालिका माविको ४२ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । पोखरा ३३, आँपुभन्ज्याङस्थित कालिका माविको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सोमबार सम्पन्न भयो । सो अवसरमा निवर्तमान…
  • गण्डकीको हिउँदे अधिवेशन आह्वान

    आदर्श समाज सम्वाददाता माघ ९, २०८१
    पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन २१ माघदेखि बस्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले २१ माघ दिउँसो…

hero news full width