जेब्रा र गधाको यौनसम्पर्कबाट जंकी जन्मियो

आदर्श समाज सम्वाददाता
चैत्र २९, २०७६
92559394_10158201713644889_6537000281039699968_n

तस्विर : सेल्ड्रिक वाइल्डलाइफ ट्रस्टको फेसबूक पेज

केन्या, चैत २९ : जेब्रा र गधाको सहवासबाट जन्मिएको हाइब्रिड ‘जंकी’ले अहिले सामाजिक संजाल रंगिएको छ । दुई दिन अगाडि केन्या स्थित शेल्ड्रिक वाइल्डलाइफ ट्रस्टले आफ्नो आधिकारिक फेसबूक पेजमा पोथी जेब्रा र त्यसबाट जन्मिएको जंकीको तस्बिर राखेको थियो ।

सेल्ड्रिकका अनुसार गत बैशाखमा साभो निकुञ्जको बाहिर एउटा जेब्रा फेला परेको थियो जो स्थानीय महिलाहरुले पालेका घरेलु जनावरको साथी बन्यो । स्थानीयसँग घुलमिल रहेको हालतमा जेब्रा रहेको थाहा पाएपछि ट्रस्टलाई खबर गरेर त्यसलाई पुनर्वास गर्न च्युलु राष्ट्रिय निकुञ्ज लगिएको थियो ।

यहि अंग्रेजी वर्षको शुरुमा त्यहि जेब्रासँग एउटा बच्चा देखियो जसको खुट्टातिर जेब्राको जस्तो कालो सेतो धर्का र बाँकी शरीर पुरै खैरो रंगको देखियो । ट्रस्टका अनुसार जेब्राको बच्चा जन्मिदाँ शुरुमा सेतो र खैरो धर्का हुन्छ र पछि खैरो धर्का कालोमा परिणत हुन्छ तर यो बच्चाको भने खैरो धर्का नभएर पुरै खैरो रंगको छ ।

जेब्रा र गधा अर्थात डंकीको अंग्रेजीको नाम मिलाएर यसरी जन्मिएकालाई जंकी भन्ने गरिन्छ । दुई अलग प्रजातिबाट जन्मिएको हुनाले जंकी जवान भएपछि नपुंस रहनेछ । घोडा र गधाको यौनसम्पर्कबाट जन्मिएको खच्चडले पनि भाले भए पोथीलाई गर्भवती बनाउन र पोथी भए गर्भ बोक्न सक्षम हुँदैन ।

सेल्ड्रिक वाइल्डलाइफ ट्रस्टले आफ्नो पेजमा दिएको जानकारीलाई अनुवाद  गरिएको, फोटो : ट्रस्टको फेसबूक पेज

Related News

सम्बन्धित समाचार

hero news full width