पोखरा, २९ चैत । पोखराको पस्र्याङमा शाखा कार्यालय रहेको शिवशिखर कृषि सहकारी संस्था लिमिटेडले लकडउानका बेला पनि आफ्ना सदस्यहरुलाई बैंकिङ सेवा दिइरहेको छ ।
लकडाउनका कारण बैंकिङ क्षेत्र नै अस्तव्यस्त भएपछि शिवशिखर सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई कार्यालयबाट बिहान ११ बजेदेखि २ बजेसम्म आवश्यक सेवा दिइरहेको सहकारीका प्रबन्धक सुशील बानियाँले जानकारी दिए । सहकारीका सेयर सदस्यहरुले आफूले जम्मा गरेको रकम सो समयमा लिन सकिने उनले बताए ।
यसैगरी सहकारीले दैनिक जीवनमा आवश्यक पर्ने सामग्रीहरुमा ४ प्रतिशत छुटसहित बिक्रीबितरण गरिरहेको पनि गरिरहेको छ । सहकारीले दाल, चामल, तेललगायतका कृषि सामग्रीहरुको उप्पादन र प्रशोधनसहित बिक्री बितरण गर्छ । देशका विभिन्न ठाउँमा रहेका फार्महरुबाट ती खाद्यान्नहरु उत्पादन गरिएको उनले जानकारी दिए । बानियाँका अनुसार उपकार ब्राण्डका नाममा ती खाद्यान्नहरु बिक्री गरिन्छ । सहकारीद्धारा उप्पादित सामानहरु किन्दा सामाजिक दूरी कायम गर्दै, सुरक्षाका सबै प्रबन्धसमेत मिलाइएको उनले जनाए ।
यसैगरी सहकारीले विभिन्न कृषिसँग सम्बन्धित औजारहरु समेत सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ । यही उपक्रममा सहकारीले पोखरा महानगरपालिकालाई सडकमा विषादी छर्न प्रयोग हुने करिब १ लाख मूल्य बराबरका १० वटा स्प्रे ट्याङ्की समेत प्रदान गरेको छ । सहकारीसँग स्टकमा रहेका १० वटै स्प्रे ट्याङ्की प्रदान गरिएको बानियाँले जनाए । सहकारीले यसका अलावा विभिन्न सामाजिक काम पनि गर्दै आइरहेको छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
कास्कीका सहकारी पीडित एउटै मोर्चामा, बन्यो संयुक्त संघर्ष समिति
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
गरिमा र टान गण्डकीबीच सम्झौता
न्युरोडमा खुल्यो बेरी लाउन्ज एन्ड बार
hero news full width
मुख्य समाचार
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१