प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री माेदी बीच फोनवार्ता

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७६
PM

सम्माननीय प्रधानमन्त्री के.पी. ओलीले भारतका प्रधानमन्त्री श्री नेरन्द्र मोदीजीसँग टेलिफोन संवाद गरेकाे जनाउनुभएकाे छ । कोरोना भाइरसका विरुद्धको सहकार्यलाई अझ सशक्त बनाउने विषयमा भारतीय प्रधानमन्त्रीसँग सहमत भएकाे उहाँले ट्विट मार्फत जनाउनु भएकाे छ ।

‘लकडाउनको कारण एक अर्काको मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा राम्रो हेरचाह गर्ने विषयमा जोड दियौं। आपूर्ति व्यवस्थालाई निरन्तर कायम राख्न र थप सहज र सुचारु राख्न छलफल भयो ।’

भारत सरकारले उपलब्ध गराउने औषधि लगायतको सहयोगको लागि धन्यवाद दिएकाे पनि उहाँले बताउनु भएकाे छ ।

Related News

सम्बन्धित समाचार

hero news full width