धनकुटा उद्योग बाणिज्य संघले बुझ्यो व्यापारी र उपभोक्ताका समस्या

आदर्श समाज सम्वाददाता
चैत्र २८, २०७६
fnccidkt27

धनकुटा २८ चैत । लकडाउनको समयमा व्यापारी र उपभोक्ताहरुको समस्या समाधन गर्नका लागि शुक्रवार धनकुटा उद्योग बािणज्य संघले व्यपारीहरुको पसल पससमा गएर उपभोक्ता र व्यापारीबीचको समस्या समाधन गर्न मरार्मश गरी समाधान गरेको छ ।

धनकुटा जिल्लमा दैनिक उपभोग्य समाग्रीहरु लगायत अत्यावाश्यक औषधि लगायतका वस्तुहरु आपूर्तिगरी बिक्री वितरण सहज रुपमा गर्नका लागि धनकुटा उद्योग बाणिज्य संघल प्रत्यक्ष रुपमा व्यापारीहरु र उपभोक्ताहरुसंग प्रत्यक्ष रुपमा भेटघाट गरी सुझाव संकलन गरी समस्या समाधान गर्न पहल गरेको छ ।

धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई,उपाध्यक्ष खगेन्द्र बिष्ट,महासचिव रामबहादुर तामाङ्ग गोङ्वा,कोषाध्यक्ष रुपेश राई,सदस्यहरु नगेन्द्र काफ्ले,नवीन श्रेष्ठ, देव विश्वकमा,महेन्द्र थापा, लगायतले हिले,मुलघाट,सिधुवा ,पाख्रिवास र धनकुटाका व्यापारी तथा व्यावसायीहरुसंग प्रत्यक्ष रुपमा आपूर्ति व्यवस्थापन वारे छलफल गरेको हो ।

सो अवसरमा उपभोक्ताहरुले समान खरिद गर्दा कम्तिमा १ मिटरको दुरी फरकमा उभिनु पर्ने र पसलमा राखिएको सेनिटाइजर वा हेण्ड वासले हातधोइ पालै पालो समान खरिद गर्नुपर्ने र व्यापारी र उपभोक्ताहरुले पैसा गन्दा थुक नलाई कन्नका लागी अनुरोध गरी सहजीकरण गरिएको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।

व्यापारी,व्यावसायी र उद्योगीहरुले दैनिक उपभोग्य समाग्रीहरु र अत्यावाश्यक वस्तुहरु ढुवानी गर्नका लागी धनकुटा उद्योग बाणिज्य संघले स्थानीय प्रशासन र सुरक्षाकर्मीहरुसंग समन्वयगरी सहजीकरण गरी सजिलो बनाई दिने कार्य गरिएको छ ।धनकुटा उद्योग बाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुले व्यावसायी तथा व्यापारीहरुको पसल पसलमा गएर दैनिक उपभोग्य समाग्रीहरु र औषधि लगायत अत्यावाश्यक वस्तुहरुको आपूर्ति गर्ने र बिक्री वितरणलाई अझ सहज बनाउनका लागी व्यापारी ,व्यावसायी र उपभोक्तासंग समेत छलफल गरी सुझाव संकलन गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width