बालकथाः कोरोना भाईरस

सुदीप घिमिरे
चैत्र २८, २०७६
corona virus

नमस्कार, मेरो नाम कोरोना हो । म भाईरस हुँ । मलाई घुम्न मन पर्छ । म जहाजमा उड्न रमाउँछु । देशको सिमा क्षेत्रहरु पार गरेर अर्को देशमा प्रबेश गर्न मर्न लाग्छ। त्यसैले एक व्यक्तिबाट अर्को व्यक्तिमा, एक गाउँवाट अर्को गाउँमा, एक शहरवाट अर्को शहरमा घुम्न मन लाग्छ । एक देशवाट अर्को देश घुम्न औधी मन पर्छ ।

म चिनको हुवाङ्ग प्रान्तमा जन्मेको हुँ । चिनमा धेरै घुम्ने अवसर मैले पाइन् । मान्छेहरु लकडाउन गरेर बसे । त्यस पछि म इरान हुदै युरोप देश छिरेको थिए र अहिले अमेरिका । हाल सम्म म बिश्वका प्राय सबै देशहरु भ्रमण गरिसकेको छु । प्रायजसो म हातवाट, रुवा, खोकीका छिटाहरुवाट एक वाट अर्कोमा सर्ने गर्दछु । त्यसैले मलाई हाई फाइब गरेको असाध्यै मन पर्छ ।

मेरोवारेमा तिमीहरुले सुनेका छौ होला । मेरो नाम सुन्दा तिमीहरुलाई मनमा कस्तो महसुस हुन्छ ? म बुझ्न सक्छु तिमीहरुलाई डर, अन्योल, चिन्तित, दुखी, जिज्ञासु यस्तै यस्तै वनाईरहेको होला । तिमीहरुलाई मात्र होइन तिम्रो बुवा, आमा, दिदी, दाईहरुलाई पनि यस्तै भईरहेको हुन सक्छ जसले मेरोवारेमा धेरै समाचार र सुचनाहरु हेरिरहन्छन् ।

म आज तिमीलाई मेरो वारेमा भन्न गईरहेकाे छु । मैले केही कुरा भने पछि तिमीले मेरो वारेमा बुझ्नेछौं । जव म घुम्न निस्किन्छु तब मसंग श्वास फेर्ने नसक्ने, रुगा लाग्ने, १०४ डिग्री भन्दा बढी लगातार जोरो आईरहने लक्षणहरु लिएर आउँछु । रुवा लाग्दा, हाच्छु गर्दा मलाई अर्को व्यक्तिमा जान मन पर्छ । तर म धेरै समयसम्म व्यक्तिको शरीरमा बस्न सक्दिन । व्यक्तिले समयमा हेरचाह र उपचार गर्यो भने म मरिहल्छु ।

म तिम्रो शरीरमा आउँछु की भनेर तिमीलाई चिन्ता लागेको होला । चिन्ता लाग्नु सामान्य हो । तर तिमीलाई तिम्रो आमा, बुवा, दिदी, दाईले सुरक्षित गर्नुहुन्छ ।

मलाई आउन नदिन तिमीले विहान, दिउसो, साँझ खाना खाने समयमा राम्ररी सावुन पानीले हात धोयौं भने म तिमीलाई छुन सक्दिन । साबुन पानीले हात धुदाँ गीत गाउँदै हात धोयौं भयो भने मलाई अझै डर लाग्छ तिम्रो आत्मबल देखेर । तिमी गीत गाउँदा तिमीलाई मन पर्ने गीत, जन्म दिनको गीत, ए. बी. सी. डी. को गीत गाउन सक्छाैं । गीत गाउँदा १ देखि १० सम्म नम्बर भन्दै हात धुन सक्छाैँ ।

घरमा सेनिटाईजर भयो भने पनि लगाउन सक्छाैँ । जव हात सुख्खा हुन्छ तव तिमी खेल्न सक्छौं । रमाइलो गर्न सक्छौं । पढ्न सक्छौं ।

यदी तिमी घर भित्र बसिरहेको खण्डमा म तिम्रो घरमा आउन सक्दिन । धेरै घुम्ने, डुल्ने गरेमा तिमीले मलाई छिट्टै भेटाउन सक्छौं ।

बिश्वभर बिशेषज्ञहरु मेरो बिरुद्ध औषधी तयार गरिरहेका छन् । त्यसैले अब घुम्ने, डुल्ने र रमाउन पाउँदिन जस्तो लागिरहेको छ । मलाई घुम्ने दिने वा नदिने तिम्रो हातमा छ ।

धन्यवाद ।

(म्यानुएला मोलिनाको कोभिड १९ सँग सम्बन्धित बालकथाको सम्पादित अंश)

Related News

सम्बन्धित समाचार

  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • पोखरा बहुमुखी क्याम्पसको क्यालेन्डर विमोचन

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । पोखरा बहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न तह र संकायका विद्यार्थीलार्ई निशुल्क कम्प्युटर तालिम प्रदान गरिएको छ । विद्यार्थीलाई पाठ्यक्रमसँगै…
  • पोखरामा गणित समाजको कार्यशाला

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । नेपाल गणित समाजको आयोजनामा नेपाल गणित समाज गण्डकी प्रदेशको स्थानीय व्यवस्थापनमा आयोजित कार्यशाला गोष्ठी आइतबार पोखरामा सम्पन्न भएको…
  • लेकसिटी कलेजमा स्वागत र बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पहिलो वर्षमा भर्ना भएका र अन्तिम वर्षमा पढिरहेका विद्यार्थीलाई स्वागत तथा बिदाइ गरिएको…

hero news full width