कोरोना संक्रमित अंशुलाई मुख्यमन्त्रीले भनेः रोग निख्रिएपछि घर जानुपर्छ

प्रकाश ढकाल
चैत्र २७, २०७६
Prithvi-Subba-Gurung

पोखरा । कोरोना संक्रमण पोजिटिभ देखिएपछि बागलुङ स्थित धवलागिरी अञ्चल अस्पतालमा उपचार गराईरहेकी १९ बर्षिया किशोरी अंशुको स्वास्थ्य अवस्थाबारे मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी लिएका छन् । बुधबार टेलिफोन मार्फत उनको स्वास्थ्य अवस्थाबारे बुझेका हुन् ।

अंशुको दोश्रो पटकको परीक्षणमा पनि कोरोना पोजिटिभ देखिएको छ । सोही अस्पतालमा अर्की एक ६५ बर्षिया बृद्धा पनि उपचाररत छिन् । उनीहरु दुवैजना बेल्जियमबाट गएको चैत ४ गते नेपाल आएका हुन् ।

मुख्यमन्त्री गुरुङले अवस्था सामान्य भएकोले नआत्तिन आग्रह गरे । ‘धेरै तातोपानी पिउनुस् । चिसो खानेकुरा नखानुहोला,’ उनले भने, ‘रोक पुरै निख्रिएपछि मात्रै घर जाने हो । मन दह्रो गर्नुस् । तपाईंलाई केही हुँदैन, हामी छौं ।’ आफ्नो अवस्था सामान्य रहेको अंशुले जानकारी गराएक थिईन् ।

‘म ठिकै छु । डाक्टरहरुले पनि केयर गरिरहनुभएको छ । नआएको बेला फोन गरेर जानकारी लिनुहुन्छ,’ उनले भनिन्, ‘पानी पिईरहेको छु । आत्तिएको छैन ।’ नेपालमा हालसम्म ९ जना कोरोना संक्रमित देखिएका छन् । तिमध्ये २ जना बागलुङका हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width