कोरोना संक्रमणबाट इटलीका ओलम्पिक धावक डोनाटो साबियाको निधन

एजेन्सी
चैत्र २७, २०७६
Donato Sabiya, Italian Athlet

इटलीका ओलम्पिक धावक डोनाटो साबियाको मृत्यु भएको छ ।

कोरोना भाइरसको संक्रमणबाट ५६ वर्षीय साबियाको मृत्यु भएको इटालियन ओलम्पिक कमिटी (सीओएनआइ) ले पुष्टि गरेको छ । सीओएनआइका अनुसार कोरोना भाइरसका कारण मृत्यु हुने साबिया पहिलो ओलम्पियन हुन् । साबियाको बुबाको पनि केही दिनअघि कोरोनाकै कारण मृत्यु भएको जनाएको छ ।

सीएएनआइले जारी गरेको स्टेटमेन्ट अनुसार केही दिनदेखि साबिया इटलीको दक्षिण क्षेत्रको पोटेनजास्थित सान कार्लो हस्पिटलको आइसियूमा उपचाररत् थिए । दुई पटक ओलम्पिक दौडमा प्रतिस्पर्धा गरेका साबियाले सन् १९९४ मा लस एन्जलसमा भएको ओलम्पिकमा ८ सय मिटर दौडमा पाँचौ स्थान हात पारेका थिए ।

त्यसको चार वर्षपछि सिउल ओलम्पिकको त्यही स्पर्धामा साबियाले सातौँ स्थान कायम गरेका थिए । साबियाले सन् १९८४ मा भएको युरोपियन इन्डोर च्याम्पियनसीपमा ८ सय मिटर स्पर्धामै गोल्ड मेडल जितेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width