शुक्रवार र शनिवार काठमाण्डौ बाहिर जान पाइने

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७६
buspark3

प्रतिकात्मक तस्बिर

काठमाण्डौ, २७ चैत । लकडाउनका कारण काठमाडौंमा रोकिएका मानिसहरुलाई उपत्यकाबाहिर जानका लागि शुक्रबार र शनिबार खुला गरिने भएको छ । यी दुई दिनमा काठमाडौं बाहिर जान पाए पनि काठमाण्डौ प्रवेश गर्न भने पाउने छैनन् ।

उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समितिले कोरोना संक्रमण रोकथामका लागि लागु गरिएको लकडाउनको तेस्रो हप्ता जारी रहँदा सो निर्णय गरेको हो। ‘यो दुई दिन मानिसहरुको आवतजावत कसरी व्यवस्थापन गर्ने र सवारी साधनको व्यवस्थापन कसरी गर्ने भन्नेबारे मोडालिटी तय गर्न गृह मन्त्रालयमा बैठक जारी छ,’ उपप्रधानमन्त्रीका स्वकीय सचिव दीपेन्द्र श्रेष्ठले बताए । यसका कारण अन्य प्रदेश तथा देशव्यापी रुपमा जारी लकडाउनको समय भने परिवर्तन गरिएको छैन् ।

Related News

सम्बन्धित समाचार

hero news full width