पोखरा, २७ चैत । स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा करूङ बयरघारी मुस्लिम युवा क्लब र करूङ बयरघारी मुस्लिम समाजले कोरोना भाइरसबाट प्रभावित विपन्न परिवारको सहयोगका ६० हजार रुपैयाँ सहयोग गरेको छ ।
करूङ बयरघारी मुस्लिम यूवा क्लबका अध्यक्ष मोहम्मद जुमाल अलिले नगर प्रमुख छायाराम खनाललाई ६० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । विश्वलाई नै प्रभावमा पारेको महामारी कोरोना भाइरसका कारणले लकडाउन घोषणा भएको र दैनिक ज्यालादारी तथा मजदुरी गर्न नपाई जीविकोपार्जन गर्न गाह्रो भएका मजदुरहरु र असहायहरूका निमित्त उक्त रकम प्रदान गरिएको जानकारी क्लबका अध्यक्ष अलिले बताए ।
क्लबले चलाएको उक्त अभियानमा मुख्य सहयोग करूङ बयरघारी मुस्लिम समाज कतार र बयरघारीको रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष अलिले क्लबको उक्त अभियानमा साथ दिने सम्पूर्णलाई धन्यवाद दिँदै विपतकोे घडीमा हामी सरकारको बाटो नताकी आ–आफ्नो ठाउँबाट थोरै धेरै न्यूनवर्गीय परिवारहरुका लागि सहयोग गर्नका अनुरोध पनि गरेका थिए ।
कार्यक्रममा नगर प्रमुख छायाराम खनालले सहयोगी क्लब र समाजलाई धन्यवाद दिँदै सहयोग रकम सही ठाउँमा सदुपयोग हुने प्रतिवद्धता व्यक्त गरे । मुस्लिम समाजका पूर्व अध्यक्ष तथा भीरकोट नगरपालिकाका लेखा प्रमुख जब्बर अलि मियाँले संकलित रकमबाट राहत वितरण गर्दा एकद्वार प्रणाली मार्फत वितरण गर्दा राहत पाउनु पर्ने वर्ग छुट्ने वा दोहोरिने सम्भावना कम रहने कुरा बताए ।
भीरकोट नगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष दीपेन्द्र केसी, करूङ बयरघारी मुस्लिम समाजका अध्यक्ष नुरूल हक मियाँ, समाजका पदाधिकारीहरू, समाजसेवी हाजि जब्बर अलि मियाँ, इमान मोहम्मद ईसुफ मियाँ, अमिर हाम्जा, हाजी युनुस, मोहम्मद हनिफ, मज्बुन हसन, सैयद मुमद, दिन अहमद, क्लबका पदाधिकारीहरू, वरिष्ठ उपाध्यक्ष कुदरत अलि, सचिव अहमद अलि, कोषाध्यक्ष अब्दुल मजिद, युवा दाजुभाइ हरू, कतार समाजका प्रतिनिधि सफाईतुल मियाँको उपस्थितीमा सामाजिक दुरी कायम गरी कार्यक्रम सम्पन्न गरिएको नगरपालिकाका कर्मचारी बसन्त बस्नेतले जानकारी गराए ।
Related News
सम्बन्धित समाचार
पोखरासँग ठूला सहर जोड्दै बुद्ध एअर
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
अखाद्य बस्तु बेच्ने र बिल नदिने पोखराका व्यवसायीलाई जरिवाना
विकृत बजार, सुस्त अनुगमन
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकीमा लीलाराम गौतम
hero news full width
मुख्य समाचार
कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि
माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
वैशाख ७, २०७८कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
वैशाख ७, २०७८अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
वैशाख ७, २०७८गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
वैशाख ७, २०७८पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
वैशाख ७, २०७८