पर्वत, २७ चैत । कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण मानिसहरु व्यापार व्यावसाय बन्द गरेर घरभित्र बसेपछि म्याग्दीको सदरमुकाम बेनीबजारमा छाडा पशुचौपाया भोकभोकै मर्न थालेका छन् ।
बेनीबजारमा रहेका होटल, रेष्टुरेन्ट, तरकारी पसल लगायत अन्य विभिन्न पसल बन्द भएपछि गाईगोरू रोग र भोकले मर्न थालेका हुन् । बेनीको हाँडेभीर, खुलामञ्च, हुलाकचोक लगायतका सडकमा छाडा अवस्थामा रहेका एक दर्जनभन्दा बढि गाईबस्तु खानेकुरा नपाएपछि दुई सातादेखि भोकभोकै छन् । तीमध्ये तीनवटा पशु मरिसकेका छन् भने अन्य पशुहरुपनि खानाको अभावमा छटपटाइरहेको अवस्थामा पुगेका स्थानीयवासीले बताएका छन् ।
मङ्गलबार एउटा गाई मृत अवस्थामा भेटियो । मृत गाईको छेउमै भर्खरको बाच्छो दुध खोजिरहेको थियो । मृत गाईलाई स्काभेटरले पुर्दै गर्दा बेनीबजारको हुलाकचोकमा पनि एउटा गोरु भोकले छटपटाइरहेको अवस्थामा सडकमै पल्टिएको थियो । बुधबार पनि बेनीको खुलामञ्च नजिकै अर्को एउटा गाई पनि खान नपाएर मरेको अवस्थामा भेटियो । गाईगोरु मात्रै होइन, यतिबेला बेनी बजारका सडकमा दुई सातादेखि खाना नपाएका पशुचौपायाको बिजोग छ ।
विश्वभर फैलँदै गैरहेको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि नेपाल सरकारले चैत ११ गतेदेखि शुरु गरेको लकडाउनका कारण मानिसहरु एकान्तबासमा बसेका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमले बेनीबजारबासी घरभित्रै बस्दा बाहिर छाडा पशुचौपाया भोकले छटपटाइरहेको अवस्थामा देखिन्छन् ।
Related News
सम्बन्धित समाचार
प्राविधिक शिक्षामा जोड दिन आवश्यकः प्रदेश प्रमुख शेरचन
५ सञ्चारकर्मीलाई जनमत सम्मान
आगलागी पीडितलाई मन्त्रीको राहत
गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
गुणस्तरीय शिक्षामा शिक्षकको भूमिका महत्वपूर्णः मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
चैत्र ३०, २०७७आहा ! फुटबलमा दर्शक
चैत्र ३०, २०७७कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँडे राहत
चैत्र २९, २०७७