महानगरको कोषमा मन्टेश्वरी एशोसिएसनको सहयोग

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७६
unnamed

पोखरा, २७ चैत । विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएको अवस्थामा गरिएको लकडाउनका कारण विपन्न परिवारलाई लक्षित गरी खडा गरिएको राहत कोषमा मन्टेश्वरी एशोसिएसन कास्कीले ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेको छ ।

लकडाउनको समय थप गरिएको हुँदा महानगरलाई राहत वितरण कार्यको थप जिम्मेवारी वहन गर्नुपरेका कारण एशोसिएसनले उक्त रकम सहयोग गरेको हो । बुधवार उक्त रकम पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई हस्तान्तरण गरिएको थिययो । एशोसिएसन कास्कीकी अध्यक्ष मिलन केसीले महानगरको कोषमा केही रकम थप गर्न आर्थिक तथा नैतिक सहयोग गरिएको बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width