क्यारेन्टाइनमा बसेका १६ जना कोष पुरागरी घर फिर्ता

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७६
aaaa

पोखरा, २७ चैत । पोखरा–५ मालेपाटन स्थित कृषि तालिम केन्द्रमा क्वारेन्टाइनमा रहेका १६ जना १४ दिनको समय पुरागरी घर फर्किएका छन् । क्वारेन्टाइनको १४ दिन पुरा गरेपछि बुधबार उनीहरुलाई विदाई गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

क्वारेन्टाइनमा रहदा उनीहरुमा कोभिड–१९ को कुनैपनि लक्षण नदेखिएको र मंगलबार गरिएको नमूना परीक्षणको नतिजा समेत नेगेटिभ आएपछि उनीहरुलाई घर फिर्ता पठायएको हो । कतार एयरवेज, विभिन्न देश र पूर्वी नाका इटहरी हुँदै गाडीमा पोखरा आएका उनीहरुलाई सम्भावित संक्रमणको परीक्षण गर्न र जोखिम न्यूनीकरण गर्न क्वारेन्टाइनमा राखिएको थियो । तालिम केन्द्रको क्वारेन्टाइनमा उनीहरुलाई लिएर जाने १ जना सुरक्षाकर्मीसमेत क्वारेन्टाइनमै रहेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width