कोरोना भाइरसका कारण विश्वभर ८८ हजारले ज्यान गुमाए

एजेन्सी
चैत्र २७, २०७६
corona-patients-750×460

Representative image

काठमाडौं, २७ चैत । कोभिड–१९ का कारण विश्वभर मृत्यु हुनेको संख्या ८८ हजार ४ सय १४ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १५ लाख भन्दा वढी र उपचारपछि ३ लाख निको भएर घर फकिृएका छन् ।

सबैभन्दा बढी इटलीमा १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ र यहाँ संक्रमितको संख्या एक लाख ३९ हजार चार सय २२ पुगेको छ । स्पेनमा मृत्यु हुनेको सख्या १४ हजार ७ सय ९२ पुगेको छ र संक्रमित संख्या १ लाख ४८ हजार २ सय २० पुगेको छ । स्पेनमा मृत्यु हुनेको संख्या लगातार दुई दिनसम्म बढिरहेको छ । बुधबार ७ सय ५७ जनाको मृत्यु भएको यहाँ मंगलबार ७ सय ४३ जनाको मृत्यु भएको थियो ।स्पेनमा पछिल्लो २४ घण्टामा ६ हजार एक सय ८० जना नयाँ संक्रमित भेटिएका छन् ।

संयुक्त राज्य अमेरिकामा मृतक संख्या १४ हजार सात सय ३९ पुगेको छ ।संक्रमित संख्या चार लाख ३० हजार तीन सय ७६ पुगेको छ । अमेरिकामा एकै दिन दुई हजारको दरले मानिसको ज्यान जान थालेको छ । न्युयोर्कमा मात्र कोभिड–१९ का कारण ६ हजार दुई सय ६८ जनाको मृत्यु भएको छ । फ्रान्समा मृतक संख्या १० हजार आठ सय ६९ पुगेको छ र संक्रमित संख्या एक लाख १३ हजार नौ सय ६५ पुगेको छ ।बेलायतमा सात हजार ९७ जनाको मृत्यु भएको छ र संक्रमित संख्या ६१ हजार चार सय ७४ पुगेको छ । बेलायतमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ९ सय छ ।

Related News

सम्बन्धित समाचार

hero news full width