जापानका प्रधानमन्त्री सिन्जो आबेले मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै जापानका विभिन्न प्रान्तहरुमा साँझ सात बजे देखी लागु हुने गरी एक महिनाको आपतकालिन अवस्थाको घोषणा गरेका छन् ।
कोरोना भाइरसको बढ्दो प्रकोपलाई रोक्ने प्रयास स्वरुप जापानका ७ प्रान्तहरुमा आपतकालको घोषणा गरिएको हो । मंगलबार साँझ प्रधानमन्त्री आबेले राजधानी टोकियो सहित साइतामा, चिबा, कानागावा, ओसाका, ह्योगो तथा फुकुओका प्रान्तमा आपतकालिन अवस्थाको घोषणा गरेका हुन् । आपतकाल घोषणा गरेसँगै त्यी प्रान्तका गभर्नरहरुले अति आवश्यक बाहेक बाहिर ननिस्कन र व्यापारलाई केहि समयको लागि बन्द गर्नको लागि अनुरोध गरेका छन् ।
सम्बोधनका क्रममा प्रधानमन्त्री आबेले बढ्दो प्रकोपलाई रोक्न मानव–मानववीचको दूरी कायम राख्न आवश्यक भएकाेले त्यसैका लागि आपतकालको घोषणा गरेकाे जनाएका छन्। जापानको अर्थतन्त्रले दोस्रो विश्वयुद्ध पछिको ठूलो संकट बेहोर्नुपर्ने अवस्था आएको हुँदा यस बिषम परिस्थितिमा सबै जनताहरुले आ आफ्नाे ठाँउबाट सहयोग गर्नुपर्ने बताएका छन् ।
आपतकाल लगाइएता पनि रेल, बस तथा सार्वजनिक यातायातहरु पहिलेकै तालिकामा चल्ने, कुनैपनि बाटो बन्द नहुने, ग्याँस, बिजुली तथा बैंकहरु बन्द नहुने, दैनिक उपभोग्य सामाग्रीहरुको अभाव हुन नदिन का लागी स्थानिय संयन्त्र परिचालन गर्ने बताइएकाे छ। साथै भाइरस प्रभावित मुलुकहरु लाई आवश्यक सहयोग समेत गर्न जापान तयार रहेको बताइएकाे छ । टोकियो लगायतका सहरी क्षेत्रका व्यक्तिहरुलाई ग्रामिण क्षेत्रमा नजान आग्रह गर्दै कोरोना भाइरसका कारण समस्यामा पर्ने साना तथा मझौला व्यवसायहरुलाई सरकारले आर्थिक सहयोग गर्ने र बिपन्न बर्गका एक करोड तिस लाख घरधुरी लाई राहत स्वरुप आर्थिक प्याकेज ल्याउने बताइएकाे छ । सो प्याकेजबाट नेपाली समुदाय लाभान्वित हुने हो कि होइन त्यो भने स्पष्ट भइसकेको छैन ।
मंगलबार बेलुकासम्ममा जापान भरि ४३८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अहिलेसम्म कोरोना भाइरसको कारणले ९३ जनाको मृत्यु भइसकेकाे छ। जापान स्थित स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित व्यक्तिहरु मध्ये ८० जनाको स्थिति नाजुक छ भने ६२२ जना निको भइसकेका छन् । सङ्क्रमित मध्य एकजना केयर गिभरमा काम गर्ने नेपाली युवति भएको पुष्टि हुन आएको छ ।
बिपक्षी दलहरुले पनि यो आपतकाल घोषणा ढिला नै भए तापनी यसको समर्थन गरेका छन् ।
Related News
सम्बन्धित समाचार
कास्की आदर्श सेवा समाज, अन्तर्राष्ट्रिय समन्वय परिषदमा शिव बानियाँ
सहारा क्लब हङकङमा नयाँ कार्यसमिति
नेपाललाई चीनको ९ अर्ब अनुदान
सहारा क्लब हङकङ आयोजनामा दोस्रो बिल तामाङ स्मृति सहारा कप फुटबल
भारतीय प्रधानमन्त्री मोदीसँग आरजूको भेट
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशका पत्रकारलाई धितोपत्र बजार र वस्तु विनिमय बजारसम्बन्धी तालिम
सुरक्षा माग्दै वडाका जनप्रतिनिधि प्रहरीमा
माघ ९, २०८१पाेखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव
माघ ८, २०८१सूर्यदर्शन सहकारी ठगी : धरौटीमा छुटेकालाई थुनामा पठाउन उच्चमा निवेदन
माघ ८, २०८१पोखराको कर्मचारी विवाद बल्झियो : नगर सभा अवरुद्ध, कार्यालयमा ताला
माघ ८, २०८१विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
माघ ७, २०८१