पोखरा, २६ चैत । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा हालसम्म रु तीन करोड ६४ लाख ७१ हजार सङ्कलन भएको छ । लकडाउनका कारण अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदूरलगायत जोखिममा परेका व्यक्तिलाई राहत उपलब्ध गराउन महानगरले कोषको स्थापना गरेको हो ।
महानगरको रु दुई करोड र गण्डकी प्रदेश सरकारतर्फबाट रु एक करोड उपलब्ध गराएसँगै महानगरले स्थापना गरेको सो कोषमा विभिन्न सङ्घ, संस्था, व्यक्तिबाट रु १६ लाख ७१ हजार ६१ सहयोग प्राप्त भएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका प्रेस संयोजक माधव बराललाई उक्त कोषको सहयोगार्थ पोखरा–१४ नागमणि टोल निवासी नारायणप्रसाद सापकोटाले रु २२ हजार बराबरको चेक हस्तान्तरण गर्नुभएको थियो । कोषमा महानगरका कर्मचारीबाट रु ४८ लाख ५० हजार जम्मा गरी स्थापना गरिएको राहत कोषबाट महानगरले छनोट गरेका लाभग्राहीलाई वडा कार्यालयमार्फत राहत वितरण कार्य शुरु गरिएको छ ।
Related News
सम्बन्धित समाचार
चुमानलाई अर्थ, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मा
हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत
गण्डकी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित
चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
hero news full width
मुख्य समाचार
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
वैशाख ५, २०८१अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
वैशाख ५, २०८१गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
वैशाख ५, २०८१गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
वैशाख ५, २०८१दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१