नक्कली पासपोर्ट बोकेको अभियोगमा पक्राउ परेका ब्राजिली विश्वकप विजेता स्टार रोनाल्डिन्हो ३२ दिनपछि जेलमुक्त भएका छन् ।
जेलमुक्त भएपनि रोनाल्डिन्होलाई पाराग्वेको एक होटलमा नजरबन्दमा राखिएको छ । रोनाल्डिन्हो दाजुभाइले १६ लाख डलर धरौटी राखेपछि उनीहरूलाई जेलमुक्त गर्दै होटलमा बस्ने सुविधा प्रदान गरिएको हो। उनीहरू अनुसन्धान सम्पन्न नभएसम्मका लागि सुरक्षाकर्मीको निगरानीमा होटलमै बस्नुपर्नेछ ।
गत महिना नक्कली पासपोर्ट प्रयोग गरी पाराग्वे प्रवेश गरेको अभियोगमा ४० वर्षे रोनाल्डिन्हो र उनका भाई रोबर्टो एसिसलाई पक्राउ गरिएको थियो । रोनाल्डिन्हो र उनका भाइले आफूहरूबाट बरामद गरिएका कागजात ब्राजिली व्यापारी विल्मोन्डेस सौसा लिरियाबाट उपहारस्वरुप प्राप्त भएको बताएका थिए। सौसा लिरियालाई यसअघि नै प्रक्राउ गरी जेल चलान गरिएको थियो।
बार्सिलोना, पेरिस सेन्ट जर्मन र एसी मिलानका पूर्व फरवार्ड रोनाल्डिन्होले १९९९ देखि २०१३ सम्म ब्राजिली राष्ट्रिय टोलीबाट खेल्ने क्रममा ९७ अन्तर्राष्ट्रिय खेलको क्याप जितेका थिए ।
Related News
सम्बन्धित समाचार
आहा ! फुटबलमा दर्शक
सिजनको २ ‘एल क्लासिको’ रियलले जित्यो
आहारारा गोल्ड कप संकटालाई
अफ्रिकन रुट्स फाइनलमा, शनिबार संकटा क्लब र अफ्रिकन रुट्स उपाधिका लागि भिड्ने
सहारा अक्षयकोषमा सहयोग
hero news full width
मुख्य समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
चैत्र ३०, २०७७कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७पर्वतका आगलागी पीडितलाई मन्त्रीले बाँडे राहत
चैत्र २९, २०७७