कोरोना आशंकामा तनहुँका एक व्यक्तिलाई उपचारका लागि पोखरा पठाइयो

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७६
thumb

तनहुँ, २६ चैत । कोरोना भाइरसको आशंकामा तनहुँ जिल्लाको भानु नगरपालिका एक पुरुषलाई उपचारका लागि पोखरा पठाइएको छ ।

कतारबाट फर्केर चैत २३ गतेदेखि होम क्वारेन्टाइनमा बसेका उनलाई मंगलबार राति एक्कासी ज्वरो र घाटी दुख्न थालेपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्गतरगत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको जानकारी भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए । पोखराबाट एम्बुलेन्स मगाएर पिपीई सहितको व्यवस्था गरेर बिरामीलाई उपचारका लागि पोखरा पठाइएको हो । गत फागुन २८ गते कतारबाट घर आएका ती व्यक्तिमा ज्वरो घाटी दुख्ने भएपछि उपचारका लागि पोखरा अस्पताल पठाइएको हो । ती व्यक्तिमा कतार रहेकाबेलापनि ज्वरो आउने र केही दिनपछि निको हुदै आएको थियो । कोरोना रोकथाम तथा उपचारका लागि भानु नगरपालिकाले ५० लाख रुपैयाँ छुट्याएको छ ।

Related News

सम्बन्धित समाचार

    • पृथ्वी सहकारीको आठौं वार्षिकोत्सव

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      पोखरा । पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था, पृथ्वीचोकको आठौं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ । वार्षिकोत्सव अवसरमा संस्थाले पोखरा चिसाखोला वेद…
    • भूमेश्वरमा कर्मफ्लाइटस्को सहयोग

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      पोखरा। कर्मफ्लाइटस् फाउन्डेसन नेपालद्वारा कास्कीको अन्नपूर्ण–४, सल्यानस्थित भूमेश्वर आधारभूत विद्यालयलाई बालकक्षा व्यवस्थापनको लागि सामग्री हस्तान्तरण गरिएको छ । संस्थाका कार्यक्रम निर्देशक…
    • कास्की कांग्रेसका सभापति केसीलाई कोरोना संक्रमण पुष्टि

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आफ्ना पिताको देहवासन भएर काजकीरियामा…
    • माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      काठमाडाैं ।  नेकपा (एमाले)ले पार्टीका नेता माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ । पार्टीको आज बसेको केन्द्रीय महाविधेशन आयोजक…
    • कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप

      Avatar आदर्श समाज सम्वाददाता वैशाख ७, २०७८
      काठमाडाैं ।  नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको सन्दर्भमा पार्टीको क्रियाशील सदस्यताको विवरण केन्द्रमा बुझाउने समयावधि पुनःथप गरेको छ । जिल्ला…

    hero news full width

    sanil ads

    wordlink ads