पोखरा, २६ चैत । पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा ३ करोड ६४ लाख रुपैयाँ जम्मा भएको छ । लकडाउनका कारण अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदुर लगायत जोखिममा परेका व्यक्तिलाई राहत उपलब्ध गराउन महानगरले कोषको स्थापना गरेको हो ।
विभिन्न संघ, संस्था, व्यक्तिहरुले अहिले सम्म महानगरले स्थापना गरेको राहत कोषमा १६ लाख ७१ हजार ६१ रुपैंयाँ सहयोग गरेका छन् भने गण्डकी प्रदेश सरकारले १ करोड दिएको छ, भने अन्य रकम महानगरपालिकाले नै जम्मा गरेको हो । राहतकोषमा सूर्य दर्शन बचत तथा ऋण सहकारीले ५१ हजार, १ सय ५१, कमल बचत तथा ऋण सहकारीबाट २५ हजार, हाम्रो सहयोगी बचत तथा ऋण सहकरीले २२ हजार २ सय २२, संयुक्त बचत तथा ऋण सहकारीले १५ हजार, रानीवन साकोसले १५ हजार १ सय १५, दपर्ण साकोस १५ हजार, बाघमारा बहुउद्देश्यीय (साकोस) सहकारीले ११ हजार १ सय ११, समय बचत तथा ऋण सहकारीले १० हजार रुपैयाँ सहयोग गरेको पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तेजनारायण अधिकारीले जानकारी दिए ।
यसैगरी सफल बचत तथा ऋण सहकारीले ११ हजार १ सय ११, स्वण श्री साकोस १० हजार, आँगन बहुउद्देश्यीय सहकारीले १० हजार १ सय, नयन बचत तथा ऋण सहकारीले १० हजार, शान्तिपथ गोरखा लाइन टोल अमरसिंहचोकका अध्यक्ष मेजर हितमान गुरुङ १० हजार, परेली साकोसले ५ हजार ५ सय सहयोग गरेका छन् । पोखरा–१४ नागमणि टोल निवासी नारायणप्रसाद सापकोटाले २२ हजार सहयोग गरेका छन् । महानगरले २ करोड, महानगरका कर्मचारीहरुबाट ४८ लाख ५० हजार जम्मा गरी राहत कोष स्थापना गरिएको हो भने उक्त कोषमा प्रदेश सरकारले १ करोड दिएको छ । कोषमा अहिलेसम्म ३ करोड ६४ लाख ७१ हजार ६१ रुपैयाँ जम्मा भएको छ ।
Related News
सम्बन्धित समाचार
पोखरासँग ठूला सहर जोड्दै बुद्ध एअर
बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सिफ्टमा काम लगाउन निर्देशन
अखाद्य बस्तु बेच्ने र बिल नदिने पोखराका व्यवसायीलाई जरिवाना
विकृत बजार, सुस्त अनुगमन
नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकीमा लीलाराम गौतम
hero news full width
मुख्य समाचार
माधव नेपालसहित एमालेका ३२ सांसदलाई स्पष्टीकरण
कांग्रेसमा क्रियाशील सदस्यताको म्याद पुनः थप
वैशाख ७, २०७८अन्नपूर्ण हिमालमा एकै दिन ६७ आरोही
वैशाख ७, २०७८गिर्ला कि टिक्ला गण्डकीमा गुरुङ सरकार ?
वैशाख ७, २०७८पोखरा स्पार्टस् अवार्डमा वर्ष उत्कृष्ट खेलाडी को ?
वैशाख ७, २०७८मनकामनाजस्तै स्याङ्जा राम्चेकी शीतलादेवी
वैशाख ७, २०७८