बुटवल, २६ चैत । कठिन परिस्थितिमा पनि कार्यक्षेत्रमा नआएका पाँच चिकित्सकलाई जागिरबाट हटाइएको छ । कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने अवस्थामा पनि आफ्नो कार्यक्षेत्रमा नआएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई बर्खास्त गरिएको हो ।
अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृती कार्कीलाई जागिरे सेवाबाट हटाइएको हो । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाललेका अनुसार विना सूचना नै उनीहरु आफ्नो सेवामा नआएको बताए । प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले तत्काल बर्खास्त गर्न निर्देशन दिएका थिए ।
उपचारमा बाधा र्पुयाउने डाक्टरको लाइसेन्स खारेज हुन सक्छ चेतावनी केन्द्रीय स्वास्थ्य मन्त्रालयले चेतावनी दिएको छ । हटाइएका चिकित्सकहरु करारमा नियुक्त भएका थिए । सामाजिक विकास मन्त्री बरालले कोरोना भाइरस संक्रमणको महामारीको संकटमा परेका बेला विरामीलाई उपचार गर्नुपर्ने दायित्वबाट पन्छिनु गम्भीर गल्ती भएको बताए । ‘सुत्केरी, काजकिरिया, विरामी बाहेकका विदा स्वीकृत नगर्न र बिना जानकारी सेवामा अनुपस्थित हुने चिकित्सक तथा कर्मचारीहरुलाई हटाउन निर्देशन दिएको छु’, मन्त्री बरालले भने ।
Related News
सम्बन्धित समाचार
सहमतिबाटै सरकारः प्रचण्ड
बुधबारदेखि टिकट काउण्टर बन्द
लेउवा संघ गण्डकीकै उत्कृष्ट
प्राविधिक शिक्षामा जोड दिन आवश्यकः प्रदेश प्रमुख शेरचन
तनहुँ समाज र मातृभूमि सहकारीको शुभकामना आदानप्रदान
hero news full width
मुख्य समाचार
कोरोनाबाट गण्डकी प्रदेशमा थप २ जनाको मृत्यु
‘प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ’
चैत्र ३०, २०७७आहा ! फुटबलमा दर्शक
चैत्र ३०, २०७७कोरोनाको बढ्दो ग्राफ, कास्कीका विद्यालय कहिले बन्द ?
चैत्र ३०, २०७७गण्डकी सरकार : ढलाउन भन्दा बनाउन सकस
चैत्र २९, २०७७मनोज विकलाई पेन गनबाट गोली हान्ने राजकिशोर पक्राउ
चैत्र २९, २०७७