काठमाण्डौ, २६ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) कोरनाको महामारी फैलिएका बेला गलत सुझाव दिएको आरोप लगाएका छन्। (डव्लुएचओ) ले गलत सुझाव र चीन केन्द्रित भएको आरोप लगाउदै ट्रम्पले संगठनको कडा आलोचना समेत गरेका छन् । ह्वाईट हाउसमा नियमित पत्रकार सम्मेलनमा निकै आक्रामक देखिएका ट्रम्पले भने –डब्लूएचओले धेरै रकम अमेरिकासँग लिने अनि ‘हामीलाई मजाक बनाइयो, संगठनमा अमेरिकाले ठूलो लगानी गरेको छ, तर उ चीन केन्द्रित भयो।’
डब्लूएचओले कोरोना रोकथाममा चीनले राम्रो काम गरेको बताएपछि ट्रम्पले कडा आलोचना गरेका हुन्। सीमा खुला राख्नुपर्छ भन्ने उनीहरुको सल्लाह अस्वीकार गरेर आफूले निकै राम्रो काम गरेको भन्दै ट्रम्पले प्रश्न गरेका छन्– ‘किन उनीहरुले हामीलाई यस्तो गलत सुझाव दिए? संगठनको कुरा नमानी तत्काल नै चीनसँग हवाइ उडान रद्द गरेर राम्रो गरेको समेत ट्रम्पले बताए। गत वर्षको डिसेम्बरको अन्त्यमा पहिलोपटक चीनको वुहानमा कोरोना भाइरस देखियो। कोरोना विस्तारै फैलन थाल्यो अरु देशमा पनि । त्यसपछि जनवरी अन्त्यमा विश्व स्वास्थ्य संगठनले विभिन्न देशहरुलाई कोरोना महामारीका बावजुद पनि सीमानाका खुला राख्न सल्लाह दियो। हरेक देशले आफू अनुकूल नागरिकको सुरक्षा गर्न पाउने पनि उसले स्पष्ट पारेको थियो ।
ट्रम्पले चीनबाट अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएका थिए। अहिले सीमानाका खुला राख्न भनेको भन्दै उनले आलोचना गरेका हुन्। चीनको वुहानबाट शुरु कोरोना संक्रमण विश्वका दुई सय भन्दा बढी देशमा फैलिएको छ। यसबाट अमेरिका निकै आक्रान्त बनेको छ। अमेरिकामा मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ। अहिलेसम्म अमेरिकामा करिब ४ लाख कोरोना संक्रमित छन् ।
Related News
सम्बन्धित समाचार
अखाद्य बस्तु बेच्ने र बिल नदिने पोखराका व्यवसायीलाई जरिवाना
पोखराका स्कुलमा वैशाखभित्रै परीक्षा सक्नुपर्ने
महामारी फैलियो, सावधानी छैन
एकै दिन १०९६ जनामा कोरोना संक्रमण, ८ को मृत्यु
गण्डकी प्रदेश खेलकुद परिषदले पायो पूर्णता, उपाध्यक्षमा नारायण पुन
hero news full width
मुख्य समाचार
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३० लाख बढी, सङ्क्रमण बढ्नेक्रम यथावत्
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
वैशाख ५, २०७८बालबालिकाको स्वास्थ्याधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह
वैशाख ५, २०७८भारतमा एकै दिनमा २ लाख ६१ हजार सङ्क्रमित, १५ सयको मृत्यु
वैशाख ५, २०७८गृहमन्त्री थापाको पद गुम्यो, पुन मन्त्रीमा नियुक्त, सपथ आजै
वैशाख ५, २०७८कुर्सी जोगाउन मुख्यमन्त्री गुरुङ काठमाडाैंमा दाैडधूप, पाएका छैनन् सकारात्मक संकेत
वैशाख ५, २०७८