Worldlink ads

धनकुटामा विद्यार्थीलाई दैनिक उपभोग्य सामाग्री वितरण

आदर्श समाज सम्वाददाता
चैत्र २६, २०७६

धनकुटा २६ चैत, लक डाउनका कारण घर जान नपाएका धनकुटा वहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न जिल्लाका विद्यार्थीलाई नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पस समितिले दैनिक उपभोग्य सामाग्री वितरण गरेको छ ।

एक मिटरको दुरीमा दैनिक उपभोग्य सामाग्री विद्यार्थीलाई प्रदान गरिएको हो । विद्यार्थी आफैले बोरामा राखेर लैजाने व्यवस्था गरिएको नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस समितिका अध्यक्ष करुण कटुवाले वताइन ।सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सचिव तथा नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पसका पूर्व अध्यक्ष विजय सन्तोषी राई,नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष तथा नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पसका पूर्व अध्यक्ष दिनेश राई,नेपाली कांग्रेस धनकुटाका पूर्व सहसचिव तथा धनकुटा वहुमुखी क्याम्पसका पूर्व स्ववियू सदस्य राजन पौडेल, लगायका विद्यार्थी नेताले विद्यार्थीलाई दैनिक उपभोग्य सामाग्री वितरण गरेका थिए ।

नेपाली कांग्रेस धनकुटाको सहयोगमा नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पस समितिले घर जान नपाएका विद्यार्थीलाई दैनिक उपभोग्य सामाग्रीहरु वितरण गरिएको हो । लकडाउनका कारण घर जान नपाएर धनकुटा बजारमा डेरामा वस्दै आएका भोजपुर,संखुवासभा,तेह्थुम,पाँचथर धनकुटा घर भै धनकुटा वहुमुखी क्याम्पसमा अध्ययनरत ४६ जना विद्यार्थीलाई दैनिक उपभोग्य सामाग्री वितरण गरिएको थियो ।चामल,दाल,तेल,नुन, सावुन,मास्क लगायत दैनिक उपभोग्य सामाग्रीहरु विद्यार्थीलाई प्रदान गरिएको हो ।

Related News

सम्बन्धित समाचार

    • लेखनाथ उद्योग वाणिज्य संघको निर्वाचित टोलीलाई व्यवसायीको बधाई

      आदर्श समाज सम्वाददाता असाेज ११, २०७८
      पोखरा । पोखरा उद्योग वाणिज्य संघले लेखनाथ उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्ष छत्रधर आत्रेय नेतृत्वको कार्यसमितिलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना…
    • नेप्सेमा उच्च अङ्कको गिरावट

      रासस असाेज ११, २०७८
      काठमाडौं । आइतबार जस्तै आज पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेपाल…
    • मध्य भोटेकोशीको आइपीओ बाँडफाँट

      रासस असाेज ११, २०७८
      काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीयवासीका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) बाँडफाँट गरेको छ…
    • विजेतालाई उपविजेताको सम्मान !

      रामशरण नेपाली असाेज ९, २०७८
      लेखनाथ । चुनावमा पराजित भएसँगै संस्थालाई फर्केर नहेर्ने कतिपय उम्मेदवारको प्रवृत्ति हुन्छ । तर लेखनाथ उद्योग वाणिज्य संघको इतिहासमै नयाँ अभ्यास…
    • ३ खर्बको आयात हुँदा ४४ अर्बको निर्यात

      रासस असाेज ८, २०७८
      काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा आयातसँगै निर्यातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आव…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads