विश्वभर ८२ हजारको मृत्यु, १४ लाख २८ हजार संक्रमित

एजेन्सी
चैत्र २६, २०७६
corona

फाेटाः विकिपिडिया

काठमाडौं, २६ चैत । कोभिड १९ का कारण विश्वभर मृत्यु हुनेको संख्या ८२ हजारबढी पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १४ लाख २८ हजार पुगेको छ । त्यस्तै तीन लाख एक सय ९८ जना निको भएका छन् ।

इटलीका सबैभन्दा धेरै संख्या १७ हजार एक सय १७ को मृत्यु भएको छ । यहाँ संक्रमितको संख्या एक लाख ३५ हजार पाँच सय ८६ पुगेको छ । स्पेनमा मृतक संख्या १४ हजार ४५ र संक्रमितको संख्या एक लाख ४१ हजार नौ सय ४२ पुगेको छ ।संयुक्त राज्य अमेरिकामा १२ हजार ८ सय ४४ को मृत्यु भएको छ । संक्रमितको संख्या ३ लाख ९८ हजार एक सय ८५ पुगेको छ । न्युयोर्कमा मात्र मृतक संख्या पाँच हजार पुगेको छ । यहाँ मंगलबार एकै दिन ७ सय ३१ जनाको मृत्यु भएको छ । गभर्नर एन्ड्रयु कुमोकाअनुसार मंगलबारसम्म न्युयोर्कमा मृत्यु हुनेको संख्या पाँच हजार चार सय ८९ पुगेको छ । संक्रमितको संख्या एक लाख ३८ हजार आठ सय ३६ पुगेको छ ।

फ्रान्समा १० हजार ३ सय २८ को मृत्यु भएको छ । संक्रमितको संख्या एक लाख १० हजार ७० पुगेको छ । फ्रान्सको अस्पतालमा हाल करिब ३० हजार जना उपचाररत छन् । जसमा सात हजार भन्दा बढी गम्भीर अवस्थाका छन् । बितेको २४ घण्टामा फ्रान्समा छ सय सात जनाको मृत्यु भएको छ ।बेलायतमा मृतक संख्या ६ हजार एक सय ७० र संक्रमितको संख्या ५५ हजार हजार नौ सय ४९ पुगेको छ । संक्रमणकै कारण पछिल्लो २४ घण्टामा बेलायतमा सात सय ५८ाको ज्यान गएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width