जनकपुरधाम, २५ चैत । भारतबाट १७३ वटा मालबाहक गाडी भित्रिएको छ । पर्सा जिल्लास्थित विभिन्न नाकाबाट चैत २४ गते सो मालबाहक गाडी भित्रिएको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिनुभयो।
एकीकृत भन्सार जाँचचौकी भएर १६४ वटा मालबाहक गाडी र पर्सा जिल्लाको इनरुवा नाकाबाट तरकारी र फलफूल बोकेका नौवटा गाडी भित्रिएको सचिव घिमिरेले बताउनुभयो । त्यस्तै पर्साको एकीकृत भन्सार चौकीबाट भारततर्फ १०७ वटा र इनरुवा नाकाबाट आठवटा खाली मालबाहक गाडी गएको छ।
लकडाउनको अवधिमा कृषि क्षेत्र प्रभावित भएकाले भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले किसानलाई सामाजिक दूरी कायम गर्दै आफ्ना बालीनाली उठाउन, लगाउनका साथै छिट्टै नाश हुने अण्डा, दूध, चल्ला, बीउबिजन र तरकारीलगायतका कृषिजन्य वस्तु सुरक्षितरुपमा बजार पु¥याउने व्यवस्था मिलाउन किसानलाई आह्वान गरेको छ।
भारतमा सम्पन्न धार्मिक सभा तबलिकी जमातमा सहभागी भएका तीन जनासहित पाँच जनालाई चैत २३ गते राति सप्तरीको डाक्नेश्वरी नगरपालिकामा पक्राउ गरिएको छ । उनीहरु भारतबाट लुकीछिपी प्रवेश गरेपछि पक्राउ गरिएको हो । उनीहरुलाई स्थानीय माविको क्वारेन्टाइनमा राखिएको छ ।
यसैबीच दिल्लीको निजामुद्दीनमा हालै सम्पन्न धार्मिक सभामा सहभागी भएका रोतहटको क्वारेन्टाइनमा रहेको १४ र वाराको क्वारेन्टाइनमा रहेका १० जना स्वाब परीक्षणको रिपोर्ट ‘नेगेटिभ’ आएको सचिव डा घिमिरे बताउनुभयो । प्रदेश नं २ मा अहिलेसम्म ११९ जनाको स्वाब परीक्षणका लागि सङ्कलन गरिएकामा १०३ को रिपोर्ट नेगेटिभ आएको र १६ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेश नं २ मा ९३६ क्वारेन्टाइनमा, एक हजार २१३ जना होम क्वारेन्टाइनमा र २२ जना आइसोलेशनमा छन्।
Related News
सम्बन्धित समाचार
मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
१३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
hero news full width
मुख्य समाचार
स्वदेश फर्किए कतारी अमिर
कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
वैशाख ११, २०८१लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१