जिल्ला प्रशासन कार्यालय कास्कीबाट मानिसको मृत्यु भएकोले मलामी जानको लागि भनि जारी भएको सवारी पासको दुरुपयोग गरी रकम लिई सवारी साधनमा मानिस ओसारपसार गरेको पाइएकाे छ ।
स्याङ्जा भिरकोट न.पा. वडा नं. ६ बस्ने लिला प्रसाद पंगेनी र स्याङ्जा जिल्ला अर्जुनचौपारी गा.पा. वडा नं. ५ बस्ने प्रताप पौडेललाई सवारी दुरुपयोग गरेकाे कसुरमा गरिएकाे जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएकाे छ । उनीहरूलाइ चैत २३ गते थप अनुसन्धान तथा कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय स्याङ्जा पठाईएको जिल्ला प्रहरी कार्यालयले बताएकाे छ ।
त्यस्तै चैत्र १९ गते अन्दाजी ११ बजेको समयमा आकस्मिक सेवामा प्रयोग हुने जिल्ला धादिङ गजुरी गाउपालिका पिंजडा स्वास्थ चौकीबाट संचालित बा२झ ३०९८ नम्बर र प्राबिधिक स्वास्थ केन्द्र धादिङबाट संचालित बा२झ ४३३३ नम्बरको एम्बुलेन्समा १५ जना मानिसहरु राखी जिल्ला पर्बतबाट धादिङ तर्फ जान लागेको अवस्थामा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।
कास्की पोखरा महानगरपालिका स्थित पोखरा बाग्लुङ सडक खण्डबाट उक्त एम्बुलेन्सहरु र चालकहरुलाई नियन्त्रणमा लिई कानुनी प्रकृया अगाडी बढाइएको छ जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
Related News
सम्बन्धित समाचार
अधिकारी सरकारको मुख्य न्यायाधिवक्ता चिरन्जीवी शर्मा !
कामचलाउ सरकारको आयु लम्बियो
गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
अधिकारी सरकारको भविष्य के होला ? सर्वाेच्चमा सुनुवाइ आज
चुमानलाई पहिलोपटक ढुकुटीको साँचो, मनाङे फेरि भौतिकमा
hero news full width
मुख्य समाचार
कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
गण्डकीमा डायलाइसिसका लागि अब पालो कुर्न नपर्ने
वैशाख १२, २०८१स्वदेश फर्किए कतारी अमिर
वैशाख १२, २०८१कतारका अमिरको भ्रमणसम्बन्धी खबर प्राथमिकतामा, विपिनको रिहाइ ‘मुख्य विषय’
वैशाख १२, २०८१रोजगार खोज्दै मेलामा
वैशाख १२, २०८१कतारी अमिरलाई ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ !
वैशाख ११, २०८१