मलामी जानकाे लागी भनि सवारी पासको दुरुपयोग गर्ने पक्राउ

Avatar आदर्श समाज सम्वाददाता
चैत्र २५, २०७६
po-4

जिल्ला प्रशासन कार्यालय कास्कीबाट मानिसको मृत्यु भएकोले मलामी जानको लागि भनि जारी भएको सवारी पासको दुरुपयोग गरी रकम लिई सवारी साधनमा मानिस ओसारपसार गरेको पाइएकाे छ ।

स्याङ्जा भिरकोट न.पा. वडा नं. ६ बस्ने लिला प्रसाद पंगेनी र स्याङ्जा जिल्ला अर्जुनचौपारी गा.पा. वडा नं. ५ बस्ने प्रताप पौडेललाई सवारी दुरुपयोग गरेकाे कसुरमा गरिएकाे जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएकाे छ ।  उनीहरूलाइ चैत २३ गते थप अनुसन्धान तथा कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय स्याङ्जा पठाईएको जिल्ला प्रहरी कार्यालयले बताएकाे छ  ।

त्यस्तै चैत्र १९ गते अन्दाजी ११ बजेको समयमा आकस्मिक सेवामा प्रयोग हुने जिल्ला धादिङ गजुरी गाउपालिका पिंजडा स्वास्थ चौकीबाट संचालित बा२झ ३०९८ नम्बर र प्राबिधिक स्वास्थ केन्द्र धादिङबाट संचालित बा२झ ४३३३ नम्बरको एम्बुलेन्समा १५ जना मानिसहरु राखी जिल्ला पर्बतबाट धादिङ तर्फ जान लागेको अवस्थामा पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

कास्की पोखरा महानगरपालिका स्थित पोखरा बाग्लुङ सडक खण्डबाट उक्त एम्बुलेन्सहरु र चालकहरुलाई नियन्त्रणमा लिई कानुनी प्रकृया अगाडी बढाइएको छ जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

Related News

सम्बन्धित समाचार

    hero news full width

    sanil ads

    wordlink ads