कालोबजारी गरेको अभियोगमा शङ्कर ग्रुपका अग्रवाल पक्राउ   

रासस
चैत्र २५, २०७६
Sulav_Agrawal-1_20200407153211

काठमाडौँ, २५ चैत । नेपाल प्रहरीले आज ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको अभियोगमा शङ्कर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुुसन्धान महाशाखाका प्रमुख सहकुल थापाका अनुसार व्यापारी अग्रवाललाई थर्मल गनमा कालोबजारी गरेको अभियोगमा पक्राउ गरिएको हो । रु पाँच हजार पर्ने सो उपकरणलाई रु १५ हजारमा बिक्री गर्न लागेको पाइएको छ । प्रहरीले ६७ थान ‘थर्मल गन’सहित अग्रवाललाई निणन्त्रणमा लिएको हो ।

एक मुलुकका अवैतनिक महावाणिज्यदूतसमेत रहेका अग्रवालले कूटनीतिक नियोगको सवारीसाधन दुरुपयोग गरेकोसमेत पाइएको छ । प्रहरी अग्रवालमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width