स्पेनिस महारथी बार्सिलोना, रियल र एथ्लेटिकोका पूर्वप्रशिक्षक एन्टिकको निधन

एजेन्सी
चैत्र २५, २०७६
Radomir Antic

स्पेनिस ला लिगा फुटबलका चर्चित पूर्वप्रशिक्षक राडोमिर एन्टिकको निधन भएको छ ।

स्पेनका शीर्ष क्लबहरु बार्सिलोना, रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिडका पूर्व प्रशिक्षक एन्टिकको सोमबार निधन भएको हो । सर्बियाका ७१ बर्षीय एन्टिक लामो समयदेखि पेनक्रिएटाइटिस रोगबाट ग्रसित थिए ।

एन्टिक सन् १९९० देखि १९९६ सम्म एथ्लेटिकोको प्रशिक्षक थिए । उनले एथ्लेटिकोलाई स्पेनिस ला लिगा र कोपा डेल रे उपाधि पनि दिलाए ।

एन्टिकले सन् १९९१ र १९९२ को सिजनमा रियलको प्रशिक्षक थिए । उनले सन् २००३ को सिजन बार्सिलोना हेरेका थिए । उनी सन् २०१० को विश्वकप फुटबलमा सर्बिया टिमको समेत प्रशिक्षक थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width